८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

द्रुत डाइग्नोस्टिक परीक्षण कार्यमा तीव्रता

८ बैशाख २०७७, सोमबार ०६:०३

वैशाख ८, चौतारा | विश्वमा महामारीका रूपमा फैलिएको  कोभिड–१९ सङ्क्रमण भए नभएको पत्ता लगाउन सिन्धुपाल्चोकमा द्रुत डाइग्नोस्टिक परीक्षण (आरडिटी) गर्ने कार्यमा तीव्रता आएको छ ।

चैत्र महिनाभित्र विदेशबाट घर फर्केका व्यक्तिलाई लक्षित गरी हालसम्म २३७ जनाको परीक्षण गरिएकोमा सबैमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताउनुभयो । तीन नगरपालिकासहित १२ स्थानीय तहमा हाल आरडिटी थालिएको र परीक्षण गर्न आउने क्रम जारी रहेको छ । जिल्लामा हाल कोही पनि आइसोलेसन वार्डमा रहेका छैनन् । कोरोना भाइरस सङ्क्रमण आशङ्कमा स्वास्थ्य जाँच गर्न आएका आठ जनालाई शुरुमा भर्ना गरिएकामा उनीहरु सबैको नमूना पठाउँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको छ । विदेशबाट आएका र आफन्तसहित प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा र चौतारा अस्पतालमा गरी आठ जनालाई  आइसोलेसन कक्षमा राखिएको थियो ।

हाल चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौर, मेलम्ची, बाह्रबिसे, सुनकोशी र त्रिपुरासुन्दरी गाउँपालिकासमेतमा २१ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने