२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

द्रुत डाइग्नोस्टिक परीक्षण कार्यमा तीव्रता

२०७७, ८ बैशाख सोमबार ०६:०३

वैशाख ८, चौतारा | विश्वमा महामारीका रूपमा फैलिएको  कोभिड–१९ सङ्क्रमण भए नभएको पत्ता लगाउन सिन्धुपाल्चोकमा द्रुत डाइग्नोस्टिक परीक्षण (आरडिटी) गर्ने कार्यमा तीव्रता आएको छ ।

चैत्र महिनाभित्र विदेशबाट घर फर्केका व्यक्तिलाई लक्षित गरी हालसम्म २३७ जनाको परीक्षण गरिएकोमा सबैमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताउनुभयो । तीन नगरपालिकासहित १२ स्थानीय तहमा हाल आरडिटी थालिएको र परीक्षण गर्न आउने क्रम जारी रहेको छ । जिल्लामा हाल कोही पनि आइसोलेसन वार्डमा रहेका छैनन् । कोरोना भाइरस सङ्क्रमण आशङ्कमा स्वास्थ्य जाँच गर्न आएका आठ जनालाई शुरुमा भर्ना गरिएकामा उनीहरु सबैको नमूना पठाउँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको छ । विदेशबाट आएका र आफन्तसहित प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा र चौतारा अस्पतालमा गरी आठ जनालाई  आइसोलेसन कक्षमा राखिएको थियो ।

हाल चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौर, मेलम्ची, बाह्रबिसे, सुनकोशी र त्रिपुरासुन्दरी गाउँपालिकासमेतमा २१ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने