८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारको नीति विपरित राहत बाड्दै हिडेका ज्ञानेन्द्र शाही पक्राउ

९ बैशाख २०७७, मंगलवार १६:४०

वैशाख ९, काठमाडौँ | 'हाम्रो नेपाल हामी नेपाली'का अभियान्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको हो । 

सरकारले आफूखुसि राहत वितरण गर्न छुट नदिईरहेका बेला अनुमति समेत नलिई लकडाउन उल्लङ्घन गरि राहत बाड्दै र देशविदेशमा रहेका नेपालीहरुसंग राहतको लागि पैसा उठाएको कारण शाहीलाई नियन्त्रणमा लिएको बुझिएको छ ।  

मंगलबार विहान राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाहीलाई पक्राउ गर्न प्रहरी टोली ललितपुरस्थित सुनाकोठी पुगेको थियो । त्यस क्रममा शाहीलाई पक्राउ गर्न गएको टोलीले शक्ति ठाकुरीसहित केहीलाई नियन्त्रणमा लिइ महानगरीय प्रहरी परिसर ललितपुरमा लगेको थियो ।



सरकारले कोरोना संक्रमणको महामारीका बीच सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न पाउने व्यवस्था छ ।

यस अघिनै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्न निर्देशन दिएको अवस्था छ । कोरोनाको सम्भावित संक्रमणका कारण प्रतिकूल अवस्थामा विभिन्न व्यक्ति, संघसंस्था, सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध गराउने राहत स्थानीय तहमा जम्मा गर्ने र एकद्वार प्रणालीबाट मात्र राहत वितरणको व्यवस्था मिलाउन मन्त्रालयले स्थानीय तहहरुलाई निर्देशन दिएको अवस्था छ । 

स्थानीय तहले वितरण भएको राहतको दैनिक विवरण समेत मन्त्रालयमा पठाउनुपर्छ । त्यसो त, सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषलाई समेत एकद्वार बनाउने निर्णय गरिसकेको अवस्थामा आफूखुसी राहत बाड्न पाइदैन । 

कुनै संस्था वा व्यक्तिले राहतको नाममा पैसा उठाएपनि उक्त पैसा सरकारले खडा गरेको कोषमा जम्मा गर्नुपर्ने हुन्छ । यदी राहत सामग्रीहरु उठाएको छ भने सम्बन्धित निकायको अनुमति लिएर स्थानीय तहमार्फत बाड्नुपर्छ ।

आफूखुसी राहत सङ्कलन तथा वितरण गर्ने वा गराउनेलाई सङ्क्रमक रोग ऐन, २०२० बमोजिम कारवाही हुने बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने