८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जनप्रतिनिधिको सेवासुविधा कोषमा

१७ बैशाख २०७७, बुधबार ०४:२०

वैशाख १७, काभ्रेपलाञ्चोक | नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिद्वारा एक महिनाको पारिश्रमिक तथा सेवासुविधा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् । वाग्मती प्रदेशको नयाँ व्यवस्थाअनुसार प्राप्त हुने पारिश्रमिक तथा सुवासुविधाको रकम नगरका सम्पूर्ण जनप्रतिनिधिले कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

 नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले एक महिनामा जनप्रतिनिधिले पाउने सम्पूर्ण रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो । नगरमा ६० जनप्रतिनिधि छन् ।

 नगरले हाल आफ्ना क्षेत्रमा रहेका विपन्न परिवारलाई राहत वितरणसँगै दीर्घरोगीलाई घरमै निःशुल्क औषधि पुर्याइरहेको छ । लकडाउनका कारण स्थानीय दीर्घरोगीलाई औषधि उपलब्ध गराउन नसक्ने भएपछि नगरले उनीहरुको घरमै औषधि पुर्याउन थालेको हो । नियमित औषधि सेवन गर्दै आएका दीर्घरोगीको स्वास्थ्य अवस्था थप नबिग्रियोस् भन्ने उद्देश्यले चिकित्सकले दिएको ‘प्रेस्क्रिप्सन’ का आधारमा दीर्घरोगीको घरमै औषधि पुर्याउन थालिएको नगरप्रमुख तिमल्सिनाले जानकारी दिनुभयो । 

यस्तै रोशी गाउँपालिकाका जनप्रतिनिधिले पनि एक महिनामा आउने सेवासुविधाको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गाउँपालिकाको ४२ जनप्रतिनिधिलाई एक महिनामा सेवासुविधावापत आउने रु सात लाख ५१ हजार कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डमरु दाहालले जानकारी दिनुभयो । उहाँले केन्द्र सरकारको निर्णयअनुसार कर्मचारीको पारिश्रमिक कट्टा गरी रु एक लाख ८८ हजार १२० कोषमा जम्मा भइसकेको बताउनुभयो । 

यसअघि एक महिनाको पारिश्रमिक वाग्मती प्रदेश सरकारको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषको खातामा जम्मा गर्नुभएका वाग्मती प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईँले आफ्नो निर्वाचन क्षेत्रमा थप दुई महिनाको पारिश्रमिक दिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता