११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमै कोरोनाको औषधी तयार भएको दाबी

१७ बैशाख २०७७, बुधबार ०५:०२

सुरेश झा | वैशाख १७, हेटौंडा | कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन  विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार  गरेको दाबी गर्नुभएको छ  । 

प्राध्यापक डा. ललितकुमार दासले  विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दाबी गर्दै राससलाई बताउनुभएको हो  ।

भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले  करिब २५ दिनदेखि आफ्नो  प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र  इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो । 

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग  सहयोगको आव्हान समेत गर्नुभएको छ  । उहाँले  कोरोना भाइरसको औषधी  निर्माण गर्न कडा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दाबी पनि गर्नुभयो । 

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर  बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत  लिनुभएको छ  । 

चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा कोरोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ । नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ ।   

 विगत २२ वर्षदेखि अनुसन्धान  र अध्यापनमा संलग्न डा दास  बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य