२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमै कोरोनाको औषधी तयार भएको दाबी

२०७७, १७ बैशाख बुधबार ०५:०२

सुरेश झा | वैशाख १७, हेटौंडा | कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन  विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार  गरेको दाबी गर्नुभएको छ  । 

प्राध्यापक डा. ललितकुमार दासले  विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दाबी गर्दै राससलाई बताउनुभएको हो  ।

भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले  करिब २५ दिनदेखि आफ्नो  प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र  इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो । 

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग  सहयोगको आव्हान समेत गर्नुभएको छ  । उहाँले  कोरोना भाइरसको औषधी  निर्माण गर्न कडा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दाबी पनि गर्नुभयो । 

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर  बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत  लिनुभएको छ  । 

चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा कोरोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ । नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ ।   

 विगत २२ वर्षदेखि अनुसन्धान  र अध्यापनमा संलग्न डा दास  बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश