८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठान जिल्लाका ग्रामीण क्षेत्रका दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य वृद्धि

२० बैशाख २०७७, शनिबार ०४:२४

वैशाख २०, प्युठान | बन्दाबन्दीमा प्युठान जिल्लाका ग्रामीण क्षेत्रका दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य वृद्धि भएको छ ।  ग्रामीण क्षेत्रका स्थानीय व्यापारीले विभिन्न कारण देखाई दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेपछि उपभोक्ता मूल्य वृद्धिको चर्को मारमा परेका छन् ।

बन्दाबन्दी हुनु पहिले थोकमा रु एक हजार ९५० मा पाइने पचास किलोग्रामको परमल चामल अहिले रु दुई हजार १९० मूल्य कायम गरिएको छ । त्यही चामल गाउँमा रु दुई हजार तीन सयमा खुद्रा बिक्री हुँदै आएकामा हाल बढेर रु  दुई हजार पाँच सयमा किनेर खानुपरेको गौमुखी गाउँपालिका १ अर्खाका मित्र थापाले बताउनुभयो । “श्रमजीवीहरुको आयको बाटो टुटेको अवस्थामा खाद्यवस्तुमा मूल्य वृद्धि हुनुले समस्याग्रस्त बनाएको छ”, थापाले भन्नुभयो, “व्यापारीहरुले माथिबाटै मूल्यवृद्धि भइआएको कारण देखाउँदै बढी मूल्य लिने गरेका छन् ।”

गाउँमा रु २५ मा बिक्री भइरहेको नुन प्रतिकिलो रु ३०, चिनी रु ८५ बाट रु ९५, मसुरोको दाल रु. १३० बाट रु. १६० र  शिवशक्ति तेल रु १५४ प्रतिलिटरबाट रु १८० मूल्य व्यापारीले कायम गरेकाले उपभोक्ता मारमा परेका छन् । 

 प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपति अधिकांश खाद्य वस्तु मुलुक बाहिरबाट आउने भएकाले  डलरको भाउ वृद्धिसँगै मूल्य बढेको बताउनुहुन्छ । “अन्तरराष्ट्रिय बजारमा डलरको भाउ वृद्धि भएपछि बाहिरी मुलकबाट आउने वस्तुको मूल्य वृद्धि भएको छ”, कक्षपतिले भन्नुभयो, “नेपालमा उत्पादित खाद्य उपजको कच्चा पदार्थको वृद्धि तथा बाह्य मुलुकबाटै सामान ल्याउनुपर्ने भएकाले मूल्य वृद्धि भएको हो ।” जिल्लामा कालोबजारी शून्य भएको बताउँदै उहाँले यसमा आफूहरुले समेत सबै पालिकामा समन्वय गरेको जिकिर गर्नुभयो ।  

सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले लकडाउन व्यवस्थापनमै समय बढी ध्यान गएकाले हाल बजार अनुगमन नगरिएको बताउनुभयो । बजार मूल्यबारे प्युठान उद्योग वाणिज्य संघसंँग निरन्तर समन्वय भइरहेको पन्थीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता