२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालका तारे होटलहरु ६ महिनासम्म बन्द गर्ने निर्णय, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलव दिइने

२०७७, २१ बैशाख आईतवार १६:२३

बैशाख २१, काठमाडौं । होटल संघ नेपालले नेपालका तारे होटलहरु ६ महिना बन्द गर्ने निर्णय गरेको छ । संघको आज बसेको बैठकले आगामी असोज मसान्तसम्मका लागि होटलहरु बन्द गर्ने निर्णय गरेको हो । संघमा नेपालका ठूला होटलहरु सदस्य छन ।

सरकारले घोषणा गरेको बन्दावन्दी (लकडाउन) का कारण पर्यटन उद्योगमा दूरगामी नकरात्मक प्रभाव रहने भएपछि आगामी १ वर्षसम्म पूर्ण रुपले चल्न नसक्ने निश्कर्षका आधार सम्पूर्ण होटल बन्द गर्ने निर्णय गरेको होटल संघले जनाएको छ । 

होटल संघले श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जारी गरेको सूचना बमोजिम बैशाख १ गतेबाट लागू हुने गरी ६ महिनासम्म प्रत्येक महिना आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकमका साथै सेवाशुल्क पनि उपलब्ध गराउने निर्णय गरिएको छ। 

श्रमिक युनियनसँग १२.५ प्रतिशतका दरले पारिश्रमिक लिन सहमत नभएको अवस्थामा सो समयदेखि नै सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतिका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्ण रुपमा विदा दिने संघले निर्णय गरेको हो । 

होटलले दिने सहमत गरेको आधारभूत तलबको १२.५ प्रतिशत रकममा सरकारले थप गरी श्रमिकलाई तलब भत्ता भुक्तानी गर्न ‘जव रिटेन्सन फन्ट’ को व्यवस्था गर्नका लागि होटल संघ र ट्रेड युनियनले संयुक्त रुपमा पहल थाल्ने निर्णय गरेका छन्  । 

हानले गरेको निर्णयहरु 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो