८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोग प्रतिरोधात्मक औषधि वितरण शुरु

२२ बैशाख २०७७, सोमबार ०३:४५

वैशाख २२, प्युठान | प्युठानका क्वारेन्टाइनमा बसेकालाई रोग प्रतिरोधात्मक औषधि वितरण शुरु गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न स्थानीय तहका सबै क्वारेन्टाइनमा औषधि वितरण शुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले जनाएको छ । 

सोअनुसार मल्लरानी गाउँपालिका–४ का दुई क्वारेन्टाइनमा बस्दै आएका २४ व्यक्तिलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिएको छ । त्यहाँका होम क्वारेन्टाइनमा रहेका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक औषधि वितरण गरिने र आवश्यक परेमा तनाव व्यवस्थापनसम्बन्धी मनोविमर्श सेवा प्रदान गरिने निमित्त कार्यालय प्रमुख शिशिर पोख्रेलले बताउनुभयो ।

प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि गुडुची, पाखनवेद, अमलालगायत मिश्रणबाट बनाइएको धुलो चिया जस्तै पकाएर खान सकिने उहाँको भनाइ  छ ।  प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको निर्देशननुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोभिड –१९ रोकथाम तथा व्यवस्थापनसम्बन्धी स्रोत सामग्री २०७७ कार्यान्वयनबमोजिम कार्यक्रम सञ्चालन गरिएको निरीक्षक टुकबहादुर रोकाले जानकारी दिनुभयो ।

 होटल व्यवसायी मारमा

लकडाउन  लम्बिएसंँगै जिल्लाका पर्यटन, रेष्टुरेण्ट, खाजा,  होटल व्यवसायी तथा उद्योगी बढी मारमा परेका छन् ।  जिल्लाका नौ वटै स्थानीय तहमा होटल व्यवसायी संघमा आबद्ध करीब ६५० होटल व्यवसायी रहेको संघका अध्यक्ष गञ्जबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार गत चैत १० गतेदेखि नै जिल्लाका होटल व्यवसायीले व्यवसाय बन्द गरिबसेका छन् । 

कोरोना भाइरसको त्रासले जिल्लामा भित्रिने व्यक्ति तथा विभिन्न सभासम्मेलन र  पर्यटकको आवागमन ठप्प हुँदा होटल व्यवसाय ओरालो लागेको जिल्लाका होटल व्यवसायी बताउँछन् । 

होटल सञ्चालनका लागि जिल्लामा धेरै व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरेकाले बैंकको ब्याज मिनाहा भएमा केही थप सहज हुने थापाले बताउनुभयो ।  

जिल्लाका करीब दुई सय  होटल भाडाकै घरमा सञ्चालित छन् । प्युठान नगरपालिका वडा नं ४ जुम्रीमा रहेको जिल्लाकै ठूलो होटल आयुष्माका लेखापाल केशर खड्काले  कोरोनाका कारण चैत १० गतेदेखि होटल बन्द गरिएको बताउनुभयो । उहाँका होटल बन्दसँंगै त्यहाँका दैनिक १४  कर्मचारीको काम रोकिएको छ ।

होटल आयुष्माले मासिक रु एक लाख १० हजार घरभाडा तिर्दै आएकामा अहिले व्यवसाय बन्द हुँदा घर भाडा कसरी तिर्ने भन्नेमा चिन्ता बढेको  लेखापाल खड्काले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता