२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने सरकारको निर्णय (सूचीसहित)

२०७७, २४ बैशाख बुधबार १५:३७

वैशाख २४, काठमाडौँ | सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । 

उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो । 

उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने जास्ता सुरक्षाका अपानाउनुपर्ने प्रावधान राखिएको छ ।

सम्बन्धित उद्योगको पत्रको आधारमा उद्योगका गाडीहरु ढुवानीका लागि गुड्दा सुरक्षा निकायले नरोक्ने निर्णय पनि भएको छ ।

श्रमिक र कार्यरत अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थलभित्रै बस्नुपर्ने सरकारका निर्णयमा उल्लेख छ । उनीहरुलाई खानाको व्यवस्था कार्यस्थलभित्रै गरिनुपर्ने तर कार्यस्थलबाट बाहिर जान र कार्यस्थलबाहिर रहेका परिवारका सदस्यलगायत अन्य कुनैपनि व्यक्तिहरुसाग सम्पर्कमा आउनदिन नहुने नियम बनाइएको छ। 

मन्त्रिपरिषद्को निर्णयपछि सञ्चालनमा आउने उद्योगहरु सूची यसप्रकार छ :-

१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु

२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग

३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु

४) खाने पानी उत्पादन गर्ने उद्योगहरु

५) इँटा उद्योग

६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग

७) खाने तेल तथा घ्यू उद्योग

८) चिनी उद्योग

९) चिया प्रशोधन उद्योग

१०) एलपीजी ग्याँस उद्योग

११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग

१२) कफि उद्योग

१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग

१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग

१५) मसला उद्योग

१६) अलैंची र अदुवा प्रशोधन उद्योग

१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग

१८) धान चामल र चिउरा उद्योग

१९) दाल उद्योग

२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग

२१) खानी तथा खनिजजन्य उद्योग

२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग

२३) सिमेण्ट उद्योग

२४) आइरन तथा स्टिलउद्योग

२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग

२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग

२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग

२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग

२९) प्लाइउड र भेनिर उद्योग

३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु

३१) जस्ता पाता उद्योग

३२) हेभी मेशीनरी औजार मर्मत संभार

३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)

३४) समिल र काष्ठ उद्योग

३५) आल्मुनियम उद्योग

३६) ग्रील उद्योग

३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग

३८) ढुवानी तथा कार्गो सेवा उद्योग

३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग

४०) मोटर ग्यारेज वर्कसप उद्योग

४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग

४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग

४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग

४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो