११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘के घरबेटीहरुले कोरोना महामारीको जिम्मेवारी बहन गर्नुपर्दैन ?’

२७ बैशाख २०७७, शनिबार ०६:३९

वैशाख २७, काठमाडौँ | काठमाडौँको सामाखुसीमा एक घरमा घरभाडा लिएर व्यवसाय गर्दै आएका एक व्यवसायीलाई यतिखेर घरभाडा कसरी तिर्ने भन्ने तनाब सुरु भएको गुनाशो गरेका छन् । साझा सबाल मिडियाको इमेल मार्फत आफ्नो नाम गोप्य राखिदिने सर्तमा उनले आफ्नो गुनाशो पोखेका हुन् । उनले आफ्नो गुनाशो एउटा प्रतिनिधि घटना मात्रै भएको भन्दै व्यवसायनै बन्द गर्नुपरेको अवस्थामा सरकारी निकायहरुले यस विषयमा ध्यानाकर्षण गर्नुपर्ने बताएका छन् । 

उनले बताएअनुसार उनले मासिक १ लाख ३० हजार भाडा तिर्दै आएका छन् । सामान्य अवस्थामा केहि कर्मचारीको तलब र आफू सहित उक्त व्यवसायबाट मुस्किलले धानिदै सर्त अनुसारको भाडा तिर्दै आएको अवस्थामा पछिल्लो महामारीको कारण व्यवसाय चौपट भएको उनले बताए । उनले भने- 'व्यवसाय बन्द छ, एक रुपयाँको आम्दानी भएको छैन तर घरबेटीले भाडा तिर्न ताकेता गर्न थालेको छ ।' यसअघि अग्रिम रुपमा भाडा तिर्दै आएका ति व्यवसायीले यो पटक आफूसँग कतैबाट आउने बाटो नभएपछि भाडा तत्काल तिर्न सक्ने अवस्था नरहेको उल्लेख गरेका छन् । उनले भने 'मैले भाडामा लिदै आएको घरका घरधनी घरभाडा व्यवसायी हुन् । उनको अन्य व्यवसाय छैन । घरभाडामा दिएकै भरमा उनले आफ्नो व्यवहार धान्छन् ।' 

पिडितले अगाडी भनेका छन् 'कोरोना महामारीको कारण हाम्रो व्यवसायबाट कुनै आम्दानी छैन, हामीले उनको घरको उपभोग गरेर अहिले त्यहाँ व्यवसाय सुरु गर्ने अवस्था पनि छैन । यस्तो अवस्थामा घरधनीहरुको कुनै जिम्मेवारी हुँदैन ?' उनले आफूहरु समस्यामा परेको र कोरोना बिरुद्धको लडाई लडीरहँदाको अवस्था र आम्दानीको कुनै अवस्था नहुँदा समेत घरभाडा माग्नु वा भाडामा सहुलियत नदिनु गैरजिम्मेवारी भएको बताए । उनले भने 'मेरो मात्रै होइन, अहिले विश्वभरीका मानिसहरु कोरोना पिडित बनेका छन्, यो अवस्थामा अधिकांश व्यवसाय बन्द छन् । व्यवसायनै बन्द भएपछि त्यो व्यवसायबाट आउने बाटो छैन । अरु तरिकाले कमाउने अवस्था पनि छैन ।'  

उनले जिम्मेवार निकायहरुलाई प्रश्न गरेका छन् 'के घरबेटीहरुले कोरोना महामारीको जिम्मेवारी बहन गर्नुपर्दैन ?' महामारीको कारण व्यवसाय चौपट बनेको अवस्थामा पनि घरबेटीले आफूले तिर्नुपर्ने मासिक घरभाडाको भार हिसाव गरेर बसिरहेको बताए । उनको गुनाशो छ 'तीन महिना व्यवसाय बन्द गर्दा ४ लाख घरभाडा तिर्नुपर्ने हुन्छ, त्यो पैसा कहाँबाट ल्याउने तनाव हुँदैछ । जिम्मेवारी बुझेर वा कृपा गरेर छुट दिन्छ कि भन्ने सोंचेको थिएँ तर त्यस्तो नहोला जस्तो छ ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य