११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२५ प्रतिशत विद्युत महसुल छुट भाडामा बस्नेहरुका लागि पनि होः मन्त्री पुन

३० बैशाख २०७७, मंगलवार ११:५०

वैशाख ३०, काठमाण्डौ | सरकारले लकडाउनका समयमा घरायसी ग्राहकलाई दिइएको २५ प्रतिशत छुट भाडामा बस्नेहरुका लागि पनि भएको स्पष्ट गरेको छ । 

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले भाडामा बस्नेहरुका लागि उक्त सुविधा दिन घरधनीहरुलाई आग्रह गर्नुभयो । भाडामा बस्ने विद्यार्थी, कर्मचारी र मजदुरहरुबाट घरभेटीले आफूहरुलाई छ्ुट नदिएको गुनासो आएको र त्यसबारे मन्त्रालयले अनुगनम गर्ने बताउनुभयो । ‘घरेलु उपभोक्तालाई दिइएको २५ प्रतिशत छुट भाडामा बस्नेले पनि पाउने हो’, नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार गरेको भर्चुअल अन्तरक्रियामा मन्त्री पुनले भन्नुभयो, ‘सरकारले दिएको सुविधा घर हुनेले मात्र उपभोग गर्ने होइन, काठमाण्डौं र अन्य सहरी क्षेत्रमा भाडामा बस्ने लाखौं मानिसहरुका लागि पनि हो ।’ मन्त्री पुनले केही घरधनीले भाडामा बस्नेहरुसँग सरकारले लिने शुल्कभन्दा बढी असुल्ने गरेको गुनासो आएको भन्दै त्यस्तो कार्यलाई अपराधको संज्ञा दिनुभयो । ‘सरकारलाई तिरेको भन्दा भाडामा बस्नेसँग थपेर लिने प्रवृत्ति अपराघ हो’, मन्त्री पुनले भन्नुभयो, ‘मन्त्रालयले यसको अनुगमन गर्छ ।’ 


मन्त्री पुनले लकडाउनका कारण विद्युत महसुल तिर्न नसक्ने ग्राहकले आगामी जेठ पहिलो सातासम्म जरिवाना तिर्नुनपर्ने निर्णय सरकारले गरेको स्मरण गराउनुभयो । अनलाइनमार्फत शुल्क तिर्न सकिने व्यवस्था मिलाइएको भए पनि सबै ग्राहकले अनलाइन कारोबार गर्न असम्भव भएको भन्दै मन्त्री पुनले भरसक शुल्क तिरिदिन आग्रह गर्नुभयो । लकडाउनका कारण मटिर रिडिङ हुन नसकेकाले गत फागुनकै दरमा विद्युत महसुल बुझाउन उहाँले आग्रह गर्नुभयो । 

निजी क्षेत्रसँग नोक्सान सेयर 

मन्त्री पुनले कोरोना महामारी नियन्त्रणका लागि घोषित लकडाउनका कारण ऊर्जा क्षेत्रमा लगानी गरेको निजी क्षेत्रसमेत प्रभावित भएको भन्दै त्यसका लागि सरकारले राहत हुने गरी नीतिगत र व्यवहारिक निर्णय लिएको बताउनुभयो । मन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका ग्राहकसँग शुल्क नलिएर भए पनि निजी क्षेत्रका उत्पादकलाई विद्युत रकम भुक्तानी गरिएको बताउनुभयो । ‘सरकार निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने पक्षमा छ’, उहाँले भन्नुभयो, ‘त्यही भएरै ग्राहकसँग शुल्क नउठ्दा पनि निजी क्षेत्रका हाइड्रो पावरहरुलाई नियमित भुक्तानीको व्यवस्था मिलाइएको छ, यो निरन्तर रहन्छ ।’ 

यस्तै उहाँले सर्भे र जेनेरेशन अनुमति लिएका, वित्तिय व्यवस्थापन गरिसकेका र पीपीई भइसकेका निजी क्षेत्रका आयोजनाहरुको म्याद थप गरिने स्पष्ट गर्नुभयो । ‘त्यस्ता आयोजनाहरुमा सहजीकरणका लागि सरकारले छिट्टै निर्णय गर्दैछ’, उहाँले भन्नुभयो, ‘निजी क्षेत्रले कोरोनाका कारण ब्यहोरोको घाटा सेयर गर्न सरकार तयार छ ।’ उहाँले लकडाउनका कारण आयोजनाहरुमा भएको आर्थिक क्षतिको मूल्याङ्कन गर्न ऊर्जा मन्त्रालय, निजी क्षेत्र तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रको समेत प्रतिनिधित्व रहने गरी सर्वपक्षीय अध्ययन कार्यदल गठन गर्ने तयारीमा आफू रहेको जानकारी दिनुभयो । ‘अहिल्यै कोरोना महामारी कहिलेसम्म रहन्छ र क्षति कति हुन्छ भन्न सकिने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘महामारीपछि सर्वपक्षीय कार्यदल बनाएरै क्षतिको मूल्याङ्कन हुन्छ ।’ उहाँले सरकार र मन्त्रालयले ऊर्जा क्षेत्रमा कोरोनाका कारण कमभन्दा कम क्षति कसरी गर्न सकिन्छ भन्ने विचार गरेर काम गरिरहेको स्पष्ट गर्नुभयो । 

बजेटमा नयाँ कार्यक्रम 

मन्त्री पुनले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ‘एक प्रदेश एक ठूला आयोजना’ प्रस्ताव गरिने जानकारी दिनुभयो । 

उहाँले दूधकोसी, तामाकोशी–५, बुढीगण्डकी, सेती, नौमुरे, जगदुल्लाह, नलसिंहगढ, फुकोट पञ्चेश्वर बहुउद्येश्यीय, पश्चिम सेती, जलासयुक्त माडीलगायत आयोजना अघि बढाउने गरी बजेट निर्धारण गरिने जानकारी दिनुभयो । यस्तै ग्यास विस्थापनका लागि देशभर दुई लाख विद्युतीय च्ुल्हो वितरण गरिने पनि बताउनुभयो । यस्तै उहाँले विद्युतीय उपकरणमा दिइँदै आएको छुटलाई आगामी बजेटमा पनि निरन्तरता दिइने स्पष्ट गर्नुभयो । मन्त्री पुनले कोरोना महामारीका कारण विदेशबाट रोजगारी गुमाएर फर्कन लागेका १० लाख, नेपालमा रोजगारी गुमाएका ११ लाख र हरेक वर्ष श्रम बजारमा थपिने पाँच लाख गरी २६ लाख मानिस बेरोजगार हुन लागेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँले ती २६ लाख मानिसलाई कृषि क्षेत्रमा लगाउने गरी ऊर्जा, जलश्रोत र कृषि मन्त्रालयको समन्वयमा एकीकृत कार्यक्रम बजेटमा समावेश गर्न लागिएको जानकारी दिनुभयो । ‘कषि मन्त्रालयले बिउ र मलको व्यवस्था गर्छ, हामी सिंचाइको व्यवस्था मिलाउँछौं’, मन्त्री पुनले भन्नुभयो, ‘यो वर्ष डिप र स्यालो गरेर १० औं हजार ट्युबेल वितरण गर्छौं ।’ कृषिमा उत्पादन बढाउन ऊर्जा र सिंचाइ क्षेत्रको महत्वपूर्ण योगदान रहने भन्दै उहाँले त्यसमा दुई मन्त्रालयले मिलेर काम गर्न लागेको उल्लेख गर्नुभयो । मन्त्री पुनले कृषि क्षेत्रका लागि राहत हुने गरी सिंचाई मिटरमा लाग्ने डिमान्ड शुल्क हटाइने जानकारी दिनुभयो । 

यस्तै उहाँले बजेटमा विद्युतीकरणका लागि प्राथमिकताका साथ बजेट छुट्याइने जानकारी पनि दिनुभयो । प्रदेश–२ मा चालु आर्थिक वर्षभित्रै पूर्ण विद्युतीकरण भइसक्ने भन्दै उहाँले बागमती र गण्डकी प्रदेशका बाँकी स्थानमा आगामी आर्थिक वर्षभित्रै विद्युतीकरण गरिसक्ने योजना अघि सारिने बताउनुभयो । यस्तै प्रदेश–५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने योजना बजेटमा आउँदै गरेको मन्त्री पुनले जनाउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य