२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङका वडा-वडामा क्वारेन्टाइन निर्माण गर्दै

३ जेष्ठ २०७७, शनिबार ०३:१८

जेठ ३, दाङ | दाङका स्थानीय सरकारले  वडावडामा क्वारेन्टाइन निर्माण शुरु गरेका छन् । भारतबाट धेरै नागरिक फर्कन खोजिरहेको हुँदा उनीहरु फर्केपछि राख्नका लागि र पालिकाभित्र फैलन सक्ने सङ्क्रमण  रोकथामका लागि क्वारेन्टाइन निर्माण थालिएको हो । 

मजदूरीका लागि भारत पुगेका करीब १० हजार नागरिक तत्काल फर्किने अनुमान गर्दै बंगलाचुली गाउँपालिकाले आठ वडामा क्वारेन्टाइन निर्माण शुरु गरेको पालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो । त्यहाँ रहेका करीब १२ विद्यालय र सामुदायिक भवनमा क्वारेन्टाइन निर्माण गर्न लागिएको छ । 

दाङको सीमा भारतसँग जोडिएको छ । सीमानाकाबाट मात्र नभएर जङ्गलको बाटो भएर पनि भारतमा रहेका कतिपय नेपाली घर फर्किरहेका छन् । कतिपय एम्बुलेन्सको दुरुपयोग गरेर पनि घर फर्किरहेका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेर जबर्जस्ती क्वारेन्टाइनमा राखेको छ ।  

अहिले जिल्लामा दश पालिकाले ३८८ क्वारेन्टाइन निर्माण गरेका छन् । त्यसमध्ये घोराही र तुलसीपुर उपमहानगरले सयसय शय्याको क्वारेन्टाइन तथा अन्य पालिकाले १० देखि ६० सम्म क्वारेन्टाइन निर्माण गरेका छन् । 

 घोराही उपमहानगरका उपप्रमुख सीता सिग्देलले तत्काल रझेना माध्यमिक विद्यालय, सर्रास्थित बाल अस्पताल र परिवार नियोजन कार्यालयसँग क्वारेन्टाइन कक्ष निर्माणका लागि अनुमति लिइसकेको बताउनुभयो ।  तुलसीपुर उपमहानगरले पनि सभाकक्ष, उद्योग वाणिज्य संघको कक्ष, सामुदायिक विद्यालय र होटेललाई  क्वारेन्टाइन बनाउने तयारी गरेको छ । नगरका प्रवक्ता श्याम डाँगीले पालिकाका कोरोना कोषमा रकम बढाउने क्रम जारी रहेको जानकारी पनि दिनुभयो । 

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले अहिले पालिकाले पनि आफ्ना सभाकक्ष र विद्यालयलाई तत्काल प्रयोगमा ल्याउने बताउनुभयो । अहिले बबईमा अन्य पालिकाका तुलनामा धेरै ६३ जना भारतबाट फर्किएकाहरु क्वारेन्टाइनमा बसिरहेका छन् । 

तुलसीपुरको बेलझुण्डीमा प्रदेश सरकारले १०० शय्याको कोरोना विशेष अस्पताल स्थापना गरेको छ ।  घोराही उपमहानगरले वडा नम्बर ३ को कुुइरेपानीमा १०० शय्याको क्वारेन्टाइन स्थापना गरेको छ  जहाँ एक  विशेषज्ञ चिकित्सकसहित ६ स्वास्थ्यकर्मी खटाइएको छ । तुलसीपुर उपमहानगरले १०० शय्या, बबईमा ५०, लमहीमा ३५, गढवामावा १०, राजपुरमा २५, राप्तीमा २५, शान्तिनगरमा १० र  दंगिशरणमा ३० शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ ।  त्यहाँ तीनदेखि ६ जनासम्म स्वास्थ्यकर्मी खटाइएका छन् । दाङमा स्थापित क्वारेन्टाइनमा अहिले १४४ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरुलाई खानाबस्नसहित स्वास्थ्य जाँचको पनि व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान