२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भिटिएम आएपछि कोरोना जाँच शुरु

२०७७, ३ जेष्ठ शनिबार ०३:२०

जेठ ३, जाजरकोट | भिटीएम (स्वाब राख्ने भाँडो) नहुँदा रोकिएको कोरोना परीक्षण  शुरु भएको छ । भिटीएम आएसँगै स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमले स्वाब सङ्कलन शुरु गरेको हो । पिसीआर विधिबाट कोरोना भाइरस ( कोभिड –१९) परीक्षणका लागि जाँच्ने भिटीएम सेवा कार्यालयले आफैँले खरिद गरेर सेवा शुरु गरेको छ । चार सय भिटीएम खरिद गरेर शुक्रबारदेखि जाँच थालिएको छ । यसअघि त्यसको अभावमा परीक्षण रोकिएको थियो ।

मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाका क्रेन्टाइनमा रहेकाहरु, नाकामा रहेका हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको स्वाब सङ्कलन शुरु गरिएको छ । शुक्रबार ५८ जनाको स्वाब सङ्कलन भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमण हुनसक्ने आशङ्का गरिएका व्यक्तिलाई प्राथमिकतामा राखेर स्वाब सङ्कलन थालिएको उहाँले बताउनुभयो ।

यसअघि जिल्लाका १०७ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको छ । गत वैशाख ९ गतेपछि शुक्रबार पहिलोपल्ट पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो । भिटीएम र आरडिटीका लागि किट अभावमा यसअघि परीक्षण रोकिएको थियो ।

जिल्लामा हालसम्म एक हजार ७६ को आरडिटी गरिएको छ । किट अभावमा आरडिटी गर्नुपर्ने धेरै जना छुटेका छन् । आरडिटी गरेर घर पठाउनुपर्नेमा यसअघि क्वारेन्टाइनमा बसेकालाई बिनापरीक्षण नै घर पठाइएको थियो । अब उनीहरुको पनि परीक्षण गर्नुपर्ने स्थानीय तहले बताएका छन् । भारतले रेल सेवा सञ्चालन गरिसकेपछि भारतमा रहेकाहरु घर फर्कन थालेका छन् । उनीहरुलाई लक्षित गरी जिल्लामा आवश्यक तयारी भइरहेको बताइएको छ । गाउँ तथा घर फर्कनेका लागि क्वारेन्टाइनको तयारी र अन्य व्यवस्थापनको तयारी स्थानीय तहले शुरु गरेका छन् । यसअघि प्रयोग गरिएका विद्यालय, क्याम्पसलाई नै फेरि पनि क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने तयारी छ ।

जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले जिल्लाका छ वटै स्थानीय तह र ७३ वडामा आवश्यक तयारीमा जुट्न भनिएको बताउनुभयो । जिल्लामा चौरजहारी नगरपालिकामा ३९, आठबीसकोट नगरपालिकामा १५ र मुसिकोट नगरपालिकामा १० श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । चौरजहारीमा थप ३२ श्ययाको लागि आइसोलेसन वार्ड बनिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने