२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज २२३ जना नेपाली बिद्यार्थी र कामदार बोकेर उड्यो नेपाल एयरलाइन्स

२०७७, ४ जेष्ठ आईतवार १५:५८

जेठ ४, काठमाडौँ | नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल' बाट आइतबार राति २३७ जना स्वदेशी तथा जापानी नागरिक जापानको लागि उडेका छन् । जारी लकडाउनको कारण सुनसान अवस्थामा रहेको विमानस्थलबाट आज सहित नेपाल एयरलाइन्सले तेश्रो उडान भरेको हो । 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साझा सबाल मिडियाले पाएको जानकारी अनुसार आज जापानका लागि २२३ जना नेपाली नागरिक र १४ जना जापानी नागरिक सहित २३७ जना यात्रु बोकेर नेपाल एयरलाइन्सको ए-३३० जहाजले जापानको नारिता स्थित विमानस्थलको लागे उडान भरेको हो । नेपाली समय अनुसार ९:२० बजे उक्त विमान उडान गरिएको छ । सोहि बिमानले गत शुक्रबार राति ९:३० बजे पनि नेपाली तथा जापानी नागरिक लिएर जापानको लागि उडान भरेको थियो । 


जापानबाट नेपालमा लकडाउन अघि बिदामा आएका तथा भिषाको म्याद सकिने क्रममा रहेकाहरुले साविकको भन्दा तेब्बरसम्म भाडा तिरेर चार्टर्ड उडान गरेका हुन् । यसरी उडान गर्दा प्रतिव्यक्ति हवाई भाडा १ लाख ६० हजारसम्म तिरेको बुझिएको छ । 


कोरोना भाइरस विश्वभरी नै महामारीको रुपमा फैलिएपछि त्रासका कारण नेपाल सरकारले सबै देशबाट आउने नेपाली तथा विदेसीलाई आगमनमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको अवस्थामा यो सहित नेपाल एएरलाइन्सको जापानको लागि तेश्रो उडान हो । यसअघि चैत २८ गते निगमले नारितामा चार्टर्ड उडान गरेको थियो । निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ । गत शुक्रबार दोश्रो उडान भएकोमा आज तेश्रो उडान भएको छ । आगामी मे २२ मा पनि नारितमा चार्डड उडान हुँदैछ ।

विमानस्थलमा आइतबार राति केहि चहलपहल देखियो । उडान भर्ने यात्रु तथा उनीहरुलाई विमानस्थलसम्म छाड्न जानेहरुको भीड देखिन्थ्यो । 


गत शुक्रबार सहित आज आइतबार उडेको चार्टर्ड विमानमा जारी लकडाउनको कारण नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थीहरुले यात्रा गरेका छन् । आज राति उडान भरेको उक्त विमानले करिव साढे ७ घण्टाको उडानपछि जापानको नारितामा अवतरण गर्नेछ । आज उडेको चार्टर्ड जहाज भोली जापानबाट रित्तै काठमाडौँ फिर्ता हुनेछ । साथै आगामी चार्टर्ड उडान पनि नेपाल फर्कँदा रित्तै हुनेछ । 


जापानका लागि पछिल्लो दुई उडानका लागि निगमको वाइडबडी जहाज काठमाडौँको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा सुरू गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ । 

कोरोना महामारीको कारण यतिखेर बिभिन्न देशमा नेपालीहरु बिमानस्थल खुल्ने आशामा छन् । सरकारले आन्तरिक तथा वाह्य हवाई उडानहरु बन्द गरेको कारण समस्यामा परेका नेपालीहरु समेत नेपाल आउन पाएका छैनन । बिभिन्न देशमा रोकिएका झन्डै ५ लाख नेपालीहरुले आफूहरु नेपाल आउन चाहेको इच्छा प्रकट गरेका छन् । सरकारले तत्काल ल्याउनुपर्ने नेपालीहरुको शंख्या २ लाखको हाराहारीमा भएको अनुमान गरेको छ । प्राथमिकताको आधारमा नेपालीहरुलाई नेपाल ल्याई व्यवस्थापन गर्ने सरकारले बताएको भएपनि कुनै निर्णय लिन सकेको छैन । 

नेपालबाट चाटर्ड उडान भईरहँदा विदेशबाट रित्तै फर्किने विमानमा अति समस्यामा परेका नेपालीहरुलाई उद्दार गरि ल्याउन सकिने तर सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै टिप्पणीहरु गरिएका छन् । 

तश्वीर: रविन पण्डित/सास/काठमाडौँ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो