८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यवसायी चन्द्र ढकालको आइएमई मोटर्सद्वारा ५०० कर्मचारीलाई एकैपटक बेतलबी बिदा

७ जेष्ठ २०७७, बुधबार ०७:२४

जेठ ७, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति समेत रहेका आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले एकैपटक ५ सयभन्दा बढी कर्मचारीलाई बेतलबी बिदा दिएका छन् । आइएमई ग्रुपअन्तर्गतको अटोमोटिभ डिभिजनमा कार्यरत ५ सयभन्दा बढी कर्मचारीलाई जेठ १ गतेदेखि लागू हुनेगरी बेलतबी बिदाको पत्र दिएको  हो । 

कोरोना भाइरस (कोभिड १९) का कारण देश नै लकडाउनमा भएको र काम ठप्प भएकाले उनीहरुलाई अनिश्चितकालीन बेतलबी पत्र दिइएको कम्पनीले जनाएको छ । आइएमई मोटर्स प्रालिले बैशाख ३१ गतेको निर्णयअनुसार सबै कर्मचारीलाई एकैपटक बेतलबी बिदाको पत्र दिएको हो । कम्पनीको निर्णयको विषयमा चित्त नबुझे जेठ ३ गतेसम्म सम्बन्धित कर्मचारीले आफ्नो विभागीय प्रमुखलाई असहजता बारे जानकारी गराउन सक्ने व्यहोरा पत्रमा उल्लेख छ । 

आइएमई मोटर्सले नेपाली बजारमा अशोक लेल्यान्डका कमर्सियल गाडी, अमेरिकी ब्रान्ड हार्ले डेभिडसन र युएमका मोटरसाइकल तथा एसकर्टस्का हेवी इकयुपमेन्ट बिक्री गर्दै आएको छ। यी चार वटै ब्रान्डका सबै कर्मचारीलाई एकैपटक बेलतबी बिदामा राखिएको कम्पनीले जनाएको छ ।   

कोरोना महामारीका कारण लकडाउनले दैनिक कार्य हुन नसकेको ढकालले नै सरकार, मजदूर र रोजगारदाता तीनवटै पक्षले समान ३३/३३ प्रतिशत क्षति ब्यहोर्ने प्रस्ताव अघि सारेका थिए तर त्यस विपरित नै उनकै कम्पनीले ठूलो संख्यामा कर्मचारीलाई अनिश्चितकालीन बेतलबी बिदामा राखेका हुन् । यसबारेमा ढकालसँग प्रतिक्रिया लिन खोज्दा उनीसंग सम्पर्क हुन सकेन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता