२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यवसायी चन्द्र ढकालको आइएमई मोटर्सद्वारा ५०० कर्मचारीलाई एकैपटक बेतलबी बिदा

२०७७, ७ जेष्ठ बुधबार ०७:२४

जेठ ७, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति समेत रहेका आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले एकैपटक ५ सयभन्दा बढी कर्मचारीलाई बेतलबी बिदा दिएका छन् । आइएमई ग्रुपअन्तर्गतको अटोमोटिभ डिभिजनमा कार्यरत ५ सयभन्दा बढी कर्मचारीलाई जेठ १ गतेदेखि लागू हुनेगरी बेलतबी बिदाको पत्र दिएको  हो । 

कोरोना भाइरस (कोभिड १९) का कारण देश नै लकडाउनमा भएको र काम ठप्प भएकाले उनीहरुलाई अनिश्चितकालीन बेतलबी पत्र दिइएको कम्पनीले जनाएको छ । आइएमई मोटर्स प्रालिले बैशाख ३१ गतेको निर्णयअनुसार सबै कर्मचारीलाई एकैपटक बेतलबी बिदाको पत्र दिएको हो । कम्पनीको निर्णयको विषयमा चित्त नबुझे जेठ ३ गतेसम्म सम्बन्धित कर्मचारीले आफ्नो विभागीय प्रमुखलाई असहजता बारे जानकारी गराउन सक्ने व्यहोरा पत्रमा उल्लेख छ । 

आइएमई मोटर्सले नेपाली बजारमा अशोक लेल्यान्डका कमर्सियल गाडी, अमेरिकी ब्रान्ड हार्ले डेभिडसन र युएमका मोटरसाइकल तथा एसकर्टस्का हेवी इकयुपमेन्ट बिक्री गर्दै आएको छ। यी चार वटै ब्रान्डका सबै कर्मचारीलाई एकैपटक बेलतबी बिदामा राखिएको कम्पनीले जनाएको छ ।   

कोरोना महामारीका कारण लकडाउनले दैनिक कार्य हुन नसकेको ढकालले नै सरकार, मजदूर र रोजगारदाता तीनवटै पक्षले समान ३३/३३ प्रतिशत क्षति ब्यहोर्ने प्रस्ताव अघि सारेका थिए तर त्यस विपरित नै उनकै कम्पनीले ठूलो संख्यामा कर्मचारीलाई अनिश्चितकालीन बेतलबी बिदामा राखेका हुन् । यसबारेमा ढकालसँग प्रतिक्रिया लिन खोज्दा उनीसंग सम्पर्क हुन सकेन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश