८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजमार्गका पुल निर्माण जारी

९ जेष्ठ २०७७, शुक्रबार ०१:३३

जेठ ९, रसुवा | कोभिड–१९ नियन्त्रणको नीति तथा मापदण्डको अधीनमा रही  गल्छी– मैलुङ– रसुवागढी राजमार्गअन्तर्गत रसुवाखण्डमा नयाँ तीन पक्की पुल निर्माण निरन्तर अगाडि  बढेको छ ।  पुल निर्माणका लागि छनोट भएको हिन्डूङ एण्ड थोक्कर प्रालिमार्फत पहिलो चरणमा  रसुवा र नुवाकोटको सीमा खाल्टे आसपास तथा मैलुङ नजीक चिप्लेटी पुछार, त्रिशूली नदीका दुई स्थान र गोम्चेत क्षेत्रको ठाडो खोलामा पुल निर्माणको काम अगाडि बढिरहेको गल्छी–मैलुङ सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । 

ठूलाठूला काम उपकरणले गरे पनि ससाना कामका लागि एक सय मजदूरले रोजगारी पाइरहेका छन् । उनीहरूलाई कोरोना भाइरस नियन्त्रणका लागि तोकिएको सामाजिक दूरीको मापदण्डमा राखी काम लगाइएको र नियमित रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गराइएको बताइएको छ ।

मैलुङ– स्याफ्रुबेँसी खण्डको १७ किलोमिटर सडक सुधारका लागि भने ठेक्का प्रक्रिया पूरा भए पनि  निर्माणको जिम्मा पाउने ठेकेदार कम्पनी र सडक सुधार आयोजनाबीच सम्झौता हुन नसकेका कारण सो काम भने अगाडि बढाउन नसकिएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।

चीनसँगको व्यापारिक कारोवार गर्ने नयाँ अन्तराष्ट्रिय राजमार्गमा निर्माण गर्नुपर्ने ११ मध्ये धादिङको कोल्पुखोला र नुवाकोटको गेर्खु खोलाका दुई पक्की पुल निर्माणको अन्तिम चरणमा पुग्न लागेको तथा अन्य पुलको थालनी अझै हुन नसकेको आयोजनाले बताएको छ । प्रक्रियागत रूपमा अगाडि बढ्दा समयावधि बढी खर्चिनुपर्ने अवस्था र अर्कातर्फ  कोरोना भाइरसको संक्रमणका कारण राजमार्गको सडक सतह सुधारमा ढिलाइ भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता