२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अग्रभागमा खटिनेलाई कोरोना बीमा

११ जेष्ठ २०७७, आईतवार ०३:२५

जेठ ११, बागलुङ | कोरोना भाइरसको सङ्कटमा अग्रभागमा खटिनेलाई निकै चुनौती छ । त्यसैले कोरोना सङ्कटमा अग्रभागमा खटिनेलाई हौसला प्रदान गर्न बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले कोरोना बीमा गर्ने निर्णय गरेको छ । 

कोरोना रोकथाम, उपचार, सचेतना, बन्दाबन्दीको पालना गराउने तथा जनतालाई सुसूचित गर्नका लागि गाउँपालिकाभर अग्रभागमा खटिने १०० जनालाई कोरोना बीमा गर्ने निर्णय भएको बरेङ गाउँपालिकाले जनाएको छ । कोरोना सङ्कटको बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मीसहित १०० जनाको प्रतिव्यक्ति रु एक लाख बराबरको कोरोना बीमा गरिने गाउँपालिकाका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार गाउँपलिकाले प्रत्येक व्यक्तिको रु एक लाखको कोरोना बीमा गर्दा रु ६०० प्रिमियम भुक्तिनी गर्ने छ । कोरोना बीमाका लागि गाउँपालिकाले रु ६० हजार खर्च गर्नेछ । 

गाउँपालिकाले स्वास्थ्यकर्मीसँगै स्वास्थ्य संस्थाका कार्यालय सहयोगी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुको लागि कोरोना बीमा गर्न थालेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । गाउँपालिकाले ३० स्वास्थ्यकर्मी, १० पत्रकार, १५ कर्मचारी, पाँच सुरक्षाकर्मी र अन्य अग्रभागमा काम गर्ने जनप्रतिनिधि गरी १०० जनाको कोरोना बीमा गर्नेछ । 

कोरोना सङ्कटको समयमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलगायतकोे आत्मबल बढाउनका लागि गाउँपालिकाले कोरोना बीमा गर्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । “कोरोना कहरको समयमा आफ्नो ज्यानलाई जोखिममा राखी बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीलाई कामप्रति उत्तरदायी बनाउन हामीले कोरोना बीमा गर्न थालेका हौँ”, थापाले भन्नुभयो, “कोरोना बीमासँगै स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकार उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिनेछन् ।” कोरोनाका कारण विश्वमा स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारसमेतको मृत्यु भइसकेको अवस्थामा उच्च मनोबलका साथ कोरोनासँग लड्नका लागि कोरोना बीमा गरिएको थापाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा