२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमाली जिल्ला सोलुखुम्बुवासीलाई भने लकडाउनले खासै प्रभाव पारेन

२०७७, १२ जेष्ठ सोमबार ०२:३८

भोजराज कार्की | जेठ १२, सोलुखुम्बु | लकडाउनका कारण अधिकांशको जनजीवन अस्तव्यस्त बनेको छ तर हिमाली जिल्ला सोलुखुम्बुवासीलाई भने लकडाउनले खासै प्रभाव पारेको छैन । लकडाउनको समयले यहाँका मानिसलाई थप सिर्जनशील बनाएको स्थानीय नागरिकको भनाइ छ ।

विगत दुई वर्षदेखि अध्ययनको सिलसिलामा काठमाडौँ बस्दै आउनुभएका महाकुलुङ गाउँपालिका पेल्माङका सुरेश कुलुङ अहिले गाउँघरमै भेटिनुहुन्छ । उहाँ यतिबेला गफ गर्नेसम्म फुर्सद नभएको बताउनुहुन्छ । राजधानी पसेपछि गाउँघर भुलिसक्नुभएका कुलुङलाई कोभिड–१९ ले पुनः गाउँनै आउन बाध्य बनाएको सुनाउनुहुन्छ । 

माध्यमिक तहसम्मको अध्ययन गाउँमै पूरा गर्नुभएका सुरेशलाई अहिले बाबुबाजेको पेशा कृषि कर्मले व्यस्त बनाएको छ । दिन प्रतिदिन लकडाउन बढ्दै गएपछि समयको सदुपयोग गर्न धेरैलाई सकस भइरहेको भए पनि आफ्नो लागि यो समय उपलब्धिमूलक बनेको उहाँको भनाइ छ । 

महाकुलुङका सुरेशलाई मात्र होइन सोलुखुम्बुको अधिकांश गाउँका मानिसलाई लकडाउनको बेला न त समय बिताउन समस्या छ न त अन्य कुनै कुराको । माप्य दूधकोशी काकुका ल्हाक्पा तामाङ पनि तीन वर्ष मलेशिया बसेर केही महिना अगाडि मात्रै गाउँ आएको बताउनुहुन्छ । वैदेशिक रोजगारीमा हुँदा बाँझो बनेको उहाँको खेतीयोग्य जमीनमा विभिन्न तरकारी तथा फलफूलको बिरुवाले भरिन थालेको छ । अम्बा, कफी, खुर्सानी, चियाजस्ता बोट बिरुवा रोप्ने, अन्य खेतीबाली गोडमेल गर्दै लकडाउनको समयको सदुपयोग गरेको उहाँको भनाइ छ । 

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि लकडाउनको समयावधि पनि पछिल्लो समय जेठ २० गतेसम्म थपिएको छ । विभिन्न पेशा व्यवसायका लागि जिल्लाबाहिर रहेका नागरिकलाई यहाँका आठवटै स्थानीय तहले उद्धार गरी गाउँ ल्याएको छ । उनीहरुको जनजीवन कस्तो होला भन्ने धेरैलाई चासो र चिन्ता छ तर उनीहरु गाउँमा आएर कृषि कर्ममा व्यस्त भएको बताउँछन् । 

“लकडाउनमा गरिएको लगानीले भोलिका दिनमा आफैँलाई सहज हुन्छ”, काठमाडौँबाट आएर कृषिमा व्यस्त हुनुभएका सोलुखुम्बु लोखिमका खेमप्रसाद राईले भन्नुभयो, “भोकमरीको सङ्केत देखिँदै छ, भारतले नाकाबन्दी गर्छ रे भन्छन् त्यसैले यो बेला सबैले मेहनतका साथ खेतीपाती गर्नुको विकल्प छैन ।” जिल्लाको अधिकांश गाउँको खेतीयोग्य जमीन बाँझो मात्रै भएन पुख्र्यौली पेशासमेत लोप हुँदै गएको बताइन्छ । आरन, भेडापालन, राडीपाखीलगायतको पुख्र्यौली पेशासमेत लोप हुँदै गएकाले यसको संरक्षण गर्नुपर्ने आवाजसमेत उठिरहेको छ । 

करिब सात वर्षदेखि वैदेशिक रोजगारमा समय बिताउनुभएका सोलुदूधकुण्ड नगरपालिका–५ का सुब्बे विक पनि अहिले घरैमा हुनुहुन्छ । यतिबेला उहाँ पनि पुख्र्यौली पेशा तामाको डाली बनाउने काममा व्यस्त रहेको बताउनुहुन्छ । सोलुखुम्बुको मुख्य कोसेलीका रुपमा प्रयोग गरिने तामाको डालीको माग धान्न नसक्नुभएका विक लकडाउनलाई अवसरका रूपमा लिनुहुन्छ । “जिल्लाका प्रतिष्ठित व्यक्ति होस् या जोकोहीलाई कोसेली पठाउन हाम्रै हातले बनाएको डाली पहिलो रोजाइमा पर्छ”, उहाँले भन्नुभयो, “अहिले निर्माण गरेको डालीले लकडाउन खुलेपछिको मागलाई धान्न सजिलो हुन्छ ।” यद्यपि कच्चा पर्दा अभाव हुने सङ्केत देखिएकाले उहाँ चिन्तित बन्नुभएको छ । उहाँको बुबाले समेत यो पेशालाई छाड्नुभएको छैन । उहाँजस्तै अन्य व्यक्ति पनि लकडाउनको समयमा त्यतिकै बसेका छैनन् । उनीहरू पनि आरनको काममा व्यस्त रहेको बताउँछन् । 

यो समयमा घरबाट बाहिर निस्कनुभन्दा घरभित्रै बस्नु र सुरक्षित रहनुको विकल्प नभएको चिकित्सकको भनाइ छ । गाउँघरमा भीडभाड नगरिकन खेतबारीमा पनि सामाजिक दूरी कामय राखी काम गर्दा त्यसले कुनै पनि असर नगर्ने सोलु हेल्थ केयर सेन्टर सोलुखुम्बुका प्रबन्ध निर्देशक डा राजेन्द्र बस्नेतको भनाइ छ । खेतबारीलाई समेत क्वारेनटाइनका रूपमा लिन सकिने भएकाले यो समयमा त्यतिकै बस्नेभन्दा पनि सिर्जनात्मक काम गर्नुपर्ने उहाँको सुझाव छ । शहर बजारबाट गाउँ केन्द्रित भएका युवाशक्तिलाई प्रयोग गर्ने सुनौलो अवसर लकडाउन भएकाले स्थानीय सरकारले समेत सोहीअनुसारको कार्यक्रम निर्माण गर्नुपर्ने उहाँको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो