२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पश्चिम सेती बन्ने भएपछि चर्चासँगै खुशीयाली

१८ जेष्ठ २०७७, आईतवार ०२:३४

विमलबहादुर विष्ट | जेठ १८, डोटी | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ, बैतडी र डोटीको सीमाक्षेत्र तलारामा निर्माण हुने ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती परियोजनाको पुनः चर्चा शुरु भएको छ । लामो समयदेखि चर्चामा रहेको उक्त परियोजना निर्माणमा सरकारले निरन्तरता दिने भन्दै बजेट भाषणमार्फत जानकारी गराएसँगै यहाँका स्थानीयवासी खुशी भएका छन् । 

अहिले यहाँका नागरिकमा पश्चिम सेती बन्ने विषयमा निकै खुशीयाली छाएको शिखर नगरपालिका–८ का डिबी धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बजेट भाषणमार्फत पश्चिम सेती निर्माणमा निरन्तरता दिने भनेको छ, बजेट भाषणमा सीमित नहोस्, काम चाँडो शुरु होस् ।”

पश्चिम सेती परियोजना सम्पन्न भएपछि सिङ्गो सुदूरपश्चिमका जनता विकासका हिसाबले समृद्ध हुने भएकाले उक्त परियोजना चाँडो निर्माण गर्नुपर्ने यहाँका स्थानीयवासीको पहिलो माग रहेको नगरपालिका–१० बानीडुग्रीसैनका प्रेमबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमलाई समृद्ध बनाउनु छ भने पश्चिम सेती बनाउनुपर्छ, अरु केही गर्नु पर्दैन ।” 

सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका थिए । पश्चिम सेती आयोजना निर्माण सम्पन्न भए लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिने मात्र होइन, वर्षौँदेखि पिछडिएका, राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई पनि लाभ पुग्ने डोटीका काँग्रेस नेता दीपकबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “परियोजना बन्ने हल्ला चलेको तीन दशक भइसकेको छ, अहिलेसम्म सामान्यबाहेक केही काम भएको छैन, लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिने हो भने अब पश्चिम सेती चाँडै बन्नुपर्छ ।” 

पश्चिम सेती बन्ने हल्ला शुरु भएको समयमा जन्मेका मानिसलाई केही वर्षमै बुढ्यौली छुँदैछ । आयोजना बन्ने हल्ला हल्लामै मात्र सीमित भएको भन्दै कतिपयले अब पनि पश्चिम सेती बन्छ भन्नेमा खासै विश्वास गरेका छैनन् । अर्का स्थानीयवासी डिलबहादुर सिंहले भन्नुभयो, “सरकारले बर्सेनि बजेट भाषणमा पश्चिम सेती बनाउने भन्छ, कतिपटक त विभिन्न कम्पनीसँग सम्झौता पनि भयो, अब पनि के बन्ला र ? काम उही, नेता उही । विकास गर्न चाहेका हुन् भने काम सम्पन्न गर्नुपर्छ ।”

बजेट भाषणमा पश्चिम सेती निर्माण गर्ने भनिएपछि निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी विवादरहित ढङ्गले काम शुरु गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ । पश्चिम सेती बन्ने हल्लापछि अहिले ड्यामसाइट तथा प्रभावित क्षेत्रमा सरकारी राहत पाउने आशामा स्थानीयवासी सबैभन्दा बढी खुशी भएका छन् ।

नेपाल सरकारले आफ्नै लगानीमा जलाशययुक्त उक्त आयोजना निर्माण गर्ने बताए पनि सरकारले निर्माण गर्ने कुरामा कुनै विश्वास नभएको आर्दश गाउँपालिकाका नेविसङ्घका नेता गोविन्द खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले पश्चिम सेती बनाउँछ भन्नु मूर्खता हो, विदेशी ठूला कम्पनीले हात नहालुञ्जेल पश्चिम सेती बन्दैन, बोलीले होइन कामले बन्ने हो ।” पश्चिम सेती जलविद्युत् आयोजनाका नाममा बर्सेनि डोटीलगायत सुदूरपश्चिममा राजनीति हुन थालेको भन्दै यहाँका स्थानीयवासी नेताप्रति आक्रोशित हुँदै आएका छन् । “पश्चिम सेती बन्ने भन्ने फेरि खबर आएको छ, जनता ढाँट्ने काम नहोस्”, पश्चिम सेती निर्माणस्थलका स्थानीय टेकबहादुर सिंहले भन्नुभयो, “अब पश्चिम सेतीका नाममा जनतालाई नठगियोस्, काम सम्पन्न भएरै छाडोस् ।”

 पश्चिम सेती बन्ने खबर आएपछि डोटीको तलारा र बैतडीको ढुङ्गाड क्षेत्रका स्थानीयवासी खुशी भएका छन् । केही समय पहिले थ्री गर्जेज कम्पनीले पश्चिम सेती नबनाउने भन्दै आफ्ना उपकरण लगेपछि निराश बनेका यहाँका स्थानीयवासी सरकारले बजेट भाषणमार्फत पश्चिम सेतीको कामलाई निरन्तरता दिने बताएपछि अहिले जिल्लावासी फेरि खुशी भएका छन् । उनीहरु भन्छन्, “पश्चिम सेती बनाउने कति आए, कति गए कसैले निर्माण गर्न सकेका छैनन्, अब हामीलाई धोका नहोस्, जस्तो परिस्थिति आए पनि काम शुरु होस् ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला