२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल वायुसेवा निगमको बिहीबार र शुक्रबार गर्ने भनिएको उडान स्थगित

२०७७, २१ जेष्ठ बुधबार १२:४१

जेठ २१, काठमाडौं । नेपाल वायुसेवा निगमका न्यारोबडी जहाजले हङकङका लागि बिहीबार र शुक्रबार गर्ने भनिएको उडान स्थगित भएको छ । आगामी ४ र ५ तारिखमा दुई/दुई न्यारोबडी हङकङ उडान गर्न बुकिङ भएपनि हाललाई स्थगित भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले साझा सवाललाई जानकारी दिइन् ।

हङकङको आग्रहमा नै अहिलेलाई उडान स्थगित गर्नुपर्नेको उनले जानकारी दिइन्  । स्थगित भएको उडान अब कहिले हुने भन्नेबारे छिट्टै जानकारी गराइने उनको भनाई छ ।

हङकङस्थित नेपालको वाणिज्य दूतावाससँग सहकार्य गरी हङकङ सरकारले नेपालमा फसेका हङकङ नागरिक फिर्ता लैजाने भएपछि निगमका जहाजले उडान गर्न लागेका थिए । उनका अनुसार जहाजबाट हङकङमा बसोबास गर्ने नेपाली फर्किन लागेका हुन् ।

एउटा न्यारोबडीमा बच्चाबाहेक १ सय ५८ जना नागरिक यात्रा गर्न सक्छन् । चार न्यारोबडीमार्फत ६ सय ३२ जना यो हप्ता नै हङकङ फर्किन सक्नेछन् । यसअघि सोमबार राति निगमको दुई न्यारोबडी र एक वाइडबडी विमानमा ५ सय ८० बढी नागरिक फर्किसकेका छन्। उनीहरुले न्यारोबडीमा ८५ हजार र वाइडबडीमा १ लाख भाडा तिरी फर्किएका हुन्।

विद्यालय, विश्वविद्यालय, व्यापार/व्यवसाय र रोजगारीका लागि महंगो चार्टर्ड जहाजमा उनीहरु फर्किएका छन् । उनीहरु हङकङ फर्किएर १४ दिन क्वारेन्टिनमा बसी आफ्नो घर तथा काममा फर्किन पाउनेछन्।

नेपाल वायुसेवा निगमका जहाजले बिहीबार र शुक्रबार २/२ उडान गर्ने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश