८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘सामाजिक दूरी कायम गरेर उद्योग र पसल खोल्छौँ’

२२ जेष्ठ २०७७, बिहीबार ०४:१६

जेठ २२, काठमाडौँ | नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने भएको छ । महासङ्घले बुधबार साँझ एक विज्ञप्ति जारी गरी ७२ दिनदेखि जारी बन्दाबन्दीका कारण उद्योग तथा व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको किस्ता, कर्मचारीको तलब भुक्तानीमा समस्या परेको भन्दै आजदेखि दैशैभरका उद्योग तथा पसल खोल्ने निर्णय गरेको हो ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले मुलुकमा जारी बन्दाबन्दी खोल्नेबारे सरकारले अहिलेसम्म कुनै तदारुकता नदेखाएकाले उद्योगी व्यवसायी व्यवसायबाट पलायन र रोजीरोटी गुम्ने खतरालाई मध्यनजर गर्दै पसल खोल्ने निर्णय गरेको जानकारी दिनुभयो । “बन्दाबन्दीका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई सरकारले कर तिर्न ताकेता गरिरहेकाले हामी बाध्य भएर पसल खोल्ने निर्णयमा पुगेका हौँ”, उहाँले भन्नुभयो ।

महासङ्घले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड सामाजिक दूरी कायम राखी पञ्जा, मास्क र स्यानिटाइजरको प्रयोग गरी पसल सञ्चालन गर्ने बताएको छ । पसल, उद्योग व्यवसाय खुला गर्दा राज्यबाट बन्द गर्न दबाब आए वा बल प्रयोग गरिए उद्योगी व्यवसायीले तिर्ने घरभाडा, कर र बैंकको व्याजदर र कर्मचारीको तलब भत्ताको जिम्मा सरकारले लिनुपर्ने महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ । महासङ्घमा हाल देशभरका २१ सङ्घ आवद्ध रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता