८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सित्तैंमा सपिङको अवसर आयो, रिचार्जरमा क्यास प्वाइन्ट रिडिम गर्नुहोस् (तरिकसहित)

२२ जेष्ठ २०७७, बिहीबार ०६:५८

जेठ २२, काठमाडौं । मोबाइल एप रिचार्जरले एक लाख एक्टिभ युजर पुगेको उपलक्ष्यमा क्यासलेस पर्चेज सञ्चालन गर्ने भएको छ । रिचार्जरले आफ्ना प्रयोगकर्तालाई आफुसँग भएको क्यास प्वाइन्ट मात्र रिडिम गरेर ५०० रुपैंया बराबरको सामान उपलब्ध गराउने भएको हो । 

कोभिड प्रोटेक्सन प्रोडक्टहरु स्यानिटाइजर, मास्क र इम्युनिटी बुष्टर डबल सी खरिद गर्दा नगद भुक्तान गर्नु नपर्ने ग्लोबल की टेक्नोलोजी प्रालिले जनाएको छ । रिचार्जरले जेठ २३ गते शुक्रबारका दिन मध्यान्ह १ बजेदेखि १ घण्टाको अवधिमा आफ्ना प्रयोगकर्तालाई क्यासलेस पर्चेज अफर अन्तरगत ५०० रुपैंया बराबरको सामान निशुल्क उपलब्ध गराउन लागेको हो । 


यसरी अर्डर हुने सामान डेलिभरी पनि निशुल्क हुनेछ । ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार क्यासलेज पर्जेज अफरमा रिचार्जरका प्रयोगकर्ताको खातामा रहेको क्यास प्वाइन्टलाई रिडिम गरेर सित्तैंमा सामान उपलब्ध गराउने छ । 

५०० रुपैयाँभन्दा धेरैको सामान खरिद गर्दा एनआईसी एशिया, ग्लोबल आईएमई र मेगा बैंकका खातावालाहरुले कार्डबाट महसुल भुक्तानी गर्दा थप १० प्रतिशत छुट पाउने ग्लाइडरले बताए । तीन वटै बैंकले रिचार्जरबाट ५ हजार रुपैयाँसम्मको सामान किनेर रकम तिर्नेहरुको खातामा १० प्रतिशत रकम फिर्ता गरिदिने छन् । क्यास अन डेलिभरीको पनि व्यवस्था गरिएको छ ।

नयाँ प्रयोगकर्ताले रिचार्जर एप डाउनलोड गरी खाता खोल्दा १०० क्यास प्वाइन्ट पाउने छन् । जतिको रिचार्ज गर्यो त्यति नै क्यास व्याक पनि पाइन्छ । यसरी मोबाइल रिचार्ज गरी शतप्रतिशत क्यास व्याक जम्मा गरेर नयाँ प्रयोगकर्ताले पनि अफरमा सित्तैमा सामान किन्न सक्छन् । मोबाइल रिचार्जका अलावा बीमा, बिजुली, इन्टरनेट, टिभी लगायतका सेवाको महसुल भुक्तानी गर्दा २० पनि प्रतिशत क्यास प्वाइन्ट पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता