११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लामो समयपछि खुल्यो सुनचाँदीको कारोवार, आज सुनको मूल्य कति ?

२५ जेष्ठ २०७७, आईतवार १४:४८

जेठ २५, काठमाडौँ | लामो समयपछि नेपाली बजारमा सुनचाँदीको कारोवार शुरु भएको छ । बन्दा बन्दी(लकडाउन) शुरु भएपछि गत चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार आजदेखि शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

लकडाउनको अवधिमा सुनचाँदीको दरभाउसमेत स्थगित हुँदै आएको थियो । सरकारले लकडाउनको ढाँचामा परिवर्तन गर्ने प्रक्रिया शुरु गरेको र सोही बमोजिम सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उद्योग वाणिज्य सङ्घको सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । सोही अनुसार महासङ्घले सुनचाँदी व्यवसाय पनि आंशिक रुपमा सञ्चालनमा ल्याउने उल्लेख गरेको छ । 

सोही अनुसार आज खुलेको बजारमा छापावाल सुनको मूल्य तोलाको रु ८७ हजार ४०० तय गरिएको थियो । यस्तै तेजावी सुनको मूल्य रु ८६ हजार ९६० तोकिएको र सोही अनुसार सामान्य कारोवार भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भए पनि स्थानीय बजारमा पनि सोही अनुसार वृद्धि भएको हो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला रु ७७ हजारमा कारोवार भएको थियो । महासङ्घले आज चाँदीको मूल्य प्रतितोला रु ९२५ तोकेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री