८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार पालिकाको एउटा आइसोलेशन केन्द्र

२६ जेष्ठ २०७७, सोमबार ०१:२१

जेठ २६, नारायणपुर | दाङको देउखुरी क्षेत्रमा रहेका चार पालिककाले संयुक्त रुपमा एक सय शय्याको कोरोना विशेष आइसोलेशन केन्द्र सञ्चालनका लागि निर्माण शुरु गरेका छन् । राप्ती, गढवा, राजपुर र लमही नगरपालिकाले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा विशेष आइसोलेशन केन्द्र सञ्चालन गर्ने भएका हुन् । 

आइसोलेशनका लागि पालिकाहरुले कर्मचारी परिचालनसँगै आर्थिक कोष पनि संयुक्त रुपमा स्थापना गरेका छन् । प्रत्येक पालिकाले कोषमा रु १५ लाख जम्मा गर्ने भएका छन् । केन्द्र सञ्चालनका लागि राप्तीका अध्यक्ष नुमानन्द सुवेदीका अध्यक्षतामा समितिसमेत गठन गरिएको  प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभयो । “दाङमा कोरोना संक्रमण बढ्दै जानु र बिरामी राख्ने स्थानको अभाव हुन थालेपछि जिल्लाकै पायक पर्ने र तत्काल ठूला अस्पतालमा बिरामी लैजान सहज होस् भनेर राप्ती प्राविधिक शिक्षालयमा सय बेडको आइसोलेशन कक्ष स्थापना कार्य शुरु गरिएको हो”,  प्रवक्ता चौधरीले भन्नुभयो । 

देउखुरी क्षेत्रका प्रदेशसभा सदस्य र चार वटै पालिकाका प्रमुख तथा अध्यक्षको सहभागिता रहेको आइतबारको बैठकले कोरोना विशेष देउखुरी आइसोलेशन केन्द्र मौरीघाटको व्यवस्थापन तथा सञ्चालनमा पालिकाले खेल्ने भूमिकासमेत निर्धारण गरिएको छ । देउखुरी आइसोलेशन केन्द्रका लागि आर्थिक, प्राविधिक, मानवीय पक्ष तथा सुरक्षागत कुरामा सबैको सहभागितासमेत निर्धारण गरी यही जेठ २७ गतेसम्म पूर्ण रुपले आइसोलेशन केन्द्र स्थापना गरिसक्ने निर्णय गरिएको प्रवक्ता चौधरीले बताउनुभयो । नेपाली सेनाको सुरक्षा र व्यवस्थापन, दुई फिजिसियन, चारै पालिकाकाबाट आठ चिकित्सक, आठ नर्स, चार ल्याब टेक्निसियन र आठ कार्यालय सहयोगीसहितको प्रारम्भिक व्यवस्थापनमा कोरोना विशेष देउखुरी आइसोलेशन केन्द्र शुरु गरिने छ । साथै थप स्वास्थ्योपचारका लागि प्रदेश र केन्द्र सरकारबाट समेत समन्वय हुने गरी तयारी गरिएको प्रवक्ता चौधरीले बताउनुभयो ।

जिल्लामा संक्रमित बढ्दै गएको र उनीहरुलाई राख्न आइसोलेशन वार्डको कमी भएकाले चार पालिका मिलेर बनाउन थालिएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताउनुभयो । “एउटा मात्रै पालिकाले धेरै ठूलो आइशोलेशन वार्ड बनाउन नसक्ने भएकाले चार वटा पालिका मिलेर एक सय वार्डको बनाउन लागेका हौँ”, केसीले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता