२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समपूरक र विशेष अनुदान आएनः नेपालगञ्ज

२०७७, २६ जेष्ठ सोमबार ०१:२३

जेठ २६, नेपालगंज | नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समपूरक र विशेष अनुदान उपलब्ध गराउन राष्ट्रिय योजना आयोगलाई स्मरण गराएको छ ।  उपमहानगरपालिकाले आयोगलाई आइतबार लेखेको पत्रमा  विधि, प्रक्रिया, कानून तथा आवश्यकताका आधारमा माग गरिएका कुनै पनि योजना आव ०७७/७८ को बजेटमा समावेश नगरिएको उल्लेख छ  । 

नगर प्रमुख डा धवलशम्शेर राणाको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘उपमहानगरपालिका आफैँले गर्न नसक्ने क्षेत्रका योजनाहरुका लागि समपूरक र विशेष अनुदान माग गरी समयभित्रै पठाइएको स्मरण गराउन चाहन्छौँ ।’

उपमहानगरपालिकाका अनुसार समपूरक अनुदानस्वरुप वडा नम्बर २० मा कृषि क्याम्पस निर्माण र कान्तिताल सुधार तथा नगरका १३ वटा वडामा कार्यालय निर्माणका योजनामा रु २५ करोड माग गरेको थियो । सोमध्ये रु १२ करोड ५० लाख संघीय सरकारसँग माग गरिएको उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । 

यसैगरी विशेष अनुदानका लागि  फोहोरमैला व्यवस्थापन, विशेष शैक्षिक कार्यक्रम र  लक्षितवर्ग कार्यक्रमका लागि रु १६ करोड ४७ लाख ४० हजार बजेटबाट ६   कार्यक्रम माग गरिएको जनाइएको छ । 

क्वारेन्टाइनको व्यवस्थापनमा ध्यान दिन सुझाव

कोरोना संक्रमित बढेर थप आइसोलेशनको आवश्यकता भइरहेका बेला बाँकेमा भने सञ्चालित क्वारेन्टिन नै व्यवस्थित हुन सकेका छैनन् । जिल्लाका स्थानीय तहले अधिकांश विद्यालयलाई क्वारेन्टिन बनाए पनि उचित व्यवस्थापन गर्न नसक्दा त्यहँींभित्रैबाट संक्रमण फैलिने र थप जोखिम निम्तिने सम्भावना रहेको पाइएको छ । प्रदेश नं ५ प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमाल नेतृत्वको टोलीले नेपालगञ्ज, खजुरा र वैजनाथस्थित क्वारेन्टिन र आइसोलेशनमा गरेको स्थलगत अवलोकनमा क्वारेन्टिनको यस्तो अवस्था देखिएको बताएको छ ।

टोलीले बाँकेस्थित महेन्द्र बहुमुखी क्याम्पस, लायन्स डेण्टलको आइसोलेशन, खजुराको सिमलघारी, वैजनाथको बरगदही, हसनापुर र ओरीलालपुरको क्वारेन्टिनको अवलोकन गर्नाका साथै व्यवस्थापक, जनप्रतिनिधि तथा त्यहाँ आश्रितसँग छलफलसमेत गरेको थियो ।  

आइसोलेशनको अवस्था सामान्य रहे पनि क्वारेन्टिन भने सरकारले जारी गरेको मापदण्डानुसार नहुनाका साथै क्षमताभन्दा बढी व्यक्ति राखिएका कारण व्यवस्थापनमा  अनेक समस्या देखिएको टोलीको निष्कर्ष छ । केही क्वारेन्टिनमा उचित शौचालय, खानेपानीलगायतको समस्या देखिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको स्वाब परीक्षण र रिपोर्ट आउनमा ढिलाइ भइरहेको गुनासो पनि छ  । 

टोलीद्वारा अवलोकन गरिएकामध्ये सिमलघारी क्वारेन्टिनको अवस्था झनै नाजुक रहेको पाइएको छ । बयासी जना रहेको सिमलघारीमा खाजाबाहेक खाना स्वयं ल्याउनुपर्ने भएपछि थप समस्या झेल्नु परिरहेको आश्रितको गुनासो छ । अवलोकन टोलीमा  अधिकारकर्मी, सञ्चारकर्मीलगायतको पनि सहभागिता थियो ।

अवलोकनपछि सचेतक हमालले क्वारेन्टिन सञ्चालन र व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको प्रतिक्रिया जनाउनुभयो । उहाँले प्रदेशका अन्य जिल्लाका क्वारेन्टिनको अवस्था पनि अवलोकन गरेर सरकारको ध्यानाकर्षण गराइने बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो