११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पालुङ्गटारको सडक निर्माण मापदण्ड अनुसार भएन, ठेकेदार भन्छन् ‘केहि कमजोरी भयो सुधार गर्छौं’

२६ जेष्ठ २०७७, सोमबार ११:४२

मनोज पराजुली । जेठ २६, गोरखा  । गोरखाको पालुंङ्गटार नगरपालिका ८ स्थित अकला ग्रामीण सडक निर्माणमा ठेकेदाराले चरम लापार्वाही गरेको भन्दै स्थानीयबासीले विरोध गरेका छन् । नगरपालिका वडा नम्बर ८ कार्यालय देखि कुतियासम्म जोड्ने ११ सय ३५ मिटर बाटो निर्माणमा ठेकेदारले मापदण्ड अनुसार काम नगर्दा बाटोको गुणस्तरीय नभएकोले सच्याउन उनीहरुले माग गरेका छन् ।

नगरपालिका ८ का स्थानीय अनिल श्रेष्ठले भने ‘बाटो जुन मापदण्ड अनुसार हुनुपर्ने हो, त्यो भएको छैन ग्राभेल गर्नुपर्नेमा माटो मात्र ल्याएर थुपारिएकोले सडक वर्षातमा पुरै हिलामम्मै भएको छ ।’ प्राविधिकले नै गडबढी गरेको कारण समस्या आएको त्यसबारे नगरपालिकामा पनि डेलीकेसन गएको तर सुनुवाई नभएको उनले गुनासो गरे । 


११ मिटर चौडाईको बाटो ५ सय ३५ मिटर ग्राभेल गरेको तर माटो चाहिने भन्दा बढी थुपारेको कारण सडक तल परेका घरलाई समस्या परेको स्थानीय बुद्धिमान गुरुङले बताए । पहिले बारीको लेवलमा भएको तर अहिले सडक मापदण्ड अनुसार नभएकोले ग्राभेल सडकमा नै पानी जम्ने अवस्था आएको उनले बताए ।


नगरपालिकाका वडा ८ का वडा अद्यक्ष शंकरराज कंडेलले बाटो मापदण्ड अनुसार नभएकोले भुक्तानीको लागि सिफारिस गर्न नसकिने बताए । ‘बाटो बलियो बन्नुपर्छ, रोलेर लगाउने हो, या के गरेर हुन्छ, स्तरीय हुनुपर्छ तर अहिले पहिले बाटोमा भएको ग्राभेल समेत पुरिएर हिल्लामै छ यस्तो अवस्थामा नगरपालिकाले नै छानविन गरेर को को लाई कारवाही गर्नुपर्ने हो ? जिम्मेवारी को कसले लिनुपर्ने हो ? त्यसको बारेमा गल्ति कमजोरी अनुसार सजाय सबैले पाउनुपर्छ’ वडा अध्यक्ष कडेंलले भने । गतवर्ष त्यति नै बजेटले बनेको बाटो अलि फरक थियो तर अहिले त्यति नै बजेटले बनेको बाटो कमजोर भएको उनले बताए ।  


सुधार गर्न स्थानीयले दिएनन् : ठेकेदार 

पहिले ४ मिटरको बाटो थियो त्यसमा ३ मिटर माथि बारी काट्ने र ३ मिटर तल पुरेर काम गरिएको हो सडकको ठेक्का पाएको अकलामाई कन्स्ट्रक्सनका घनश्याम तिवारीले भने ‘ग्राभेल गर्दा सम्म स्थानीय समुदायले हेरिरहे जब काम सकियो तब स्थानीयले बिरोध गरेका हुन् ।’ बाटो निर्माणकै क्रममा बाटोमा ट्रीपर चलेको र लगातार पानि पर्दा बाटो हिलो भएको उनले बताए । एउटा हिम पाइप अलि माथि भएछ त्यसलाई निकालेर हालीदिन्छौं भनेका छौं तर स्थानीयले तल पुरेको माटो उठाएर अन्त लैजानुपर्ने माग गरेका छन् तिवारीले भने ‘अनुगमनमा मेयर लगायत आउँदा सबै ठिकै छ अलिअलि खाल्डा खुल्डी छ त्यसलाई मिलैदिन अनुरोध गरिएको छ तर स्थानीयले अहिले त्यो मर्मतको काम गर्न दिएका छैनन् ।’

भ्याट रकम बाहेक १७ लाख १४ हजारमा लिइएको ठेक्काको काम लकडाउन अगाडी चैत्र ९ गते नै सकिएको तर अनुगमनका क्रममा देखिएको कमजोरी सुधार गर्न तयार रहेको भएपनि स्थानीयले अवरोध गरेका  उनको भनाइ छ ।


राजनीतिकरण भयो : उपमेयर 

प्राविधिकले सर्भे गरेको लाइन स्थानीय उपभोक्ता र ठेकेदारको मिलेमतोमा परिवर्तन गर्दा समस्या भएको उपमेयर पम्फा बसेलले बताइन् । काम गर्ने क्रममा केहि बिग्रिएको हो, अनुगमनमा नालीको ग्रेड नमिलेको पाइएको हो त्यसबाट पानी निकासमा समस्या आएको हो उनले भनिन् ‘तर अहिले काम शुरु भएको छ ।’

उपमेयर बसेलले काम शुरु भएको बताएपनि ठकेदार घनश्याम तिवारीले स्थानीयको अवरोधका कारण काम गर्न नसकिएको बताएका छन् ।सडक निर्माणमा राजनीतिक कारण भएको समेत उनले दावी गरिन् । स्थानीय ठेकेदार भएको कारण अन्तिम अवस्थामा आएपछि उनीहरुले बिरोध गरेका हुन् उनले भनिन् ‘राजनीतिक रुपले उचालिएर गरिएको बिरोध हो ।’ 

धेरै समस्या होइन नालीको निकास गर्नुपर्ने हो उपमेयर बसेलले साझा सबालसंग भनिन् ‘काम सम्पन्न भइसकेको छैन, नालीको सहजीकरण गर्न थप बजेट आवश्यक पर्छ त्यसका लागि हाम्रो कर्मचारी लागिरहनु भएको छ ।’  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली