२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धुर्मुस–सुन्तली फाउण्डेशनलाई सात करोड रकम हस्तान्तरण, ६९ करोड बोलकबोल

२०७७, २६ जेष्ठ सोमबार १४:५६

जेठ २६, चितवन | चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई सङ्कलन भएको रकम आज हस्तान्तरण गर्नुभएको हो ।

महायज्ञमा बोलकबोल भएको रु ६९ करोड ४० लाख ५६ हजार ९१९ रकममध्ये नगद सङ्कलन भएको रु सात करोड १४ लाख ५६ हजार ६८४ को चेक हस्तान्तरण गरिएको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिनुभयो । प्रदेश र स्थानीय तहले घोषणा गरेको रु ५१ करोड ९२ लाख ६५ हजार २६३ उठ्न बाँकी छ । 

महायज्ञमार्फत २८ हजार दाताले रङ्गशाला निर्माणका लागि सहयोग गरेको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिनुभयो । महायज्ञमा निजी क्षेत्र, सङ्घसंस्था र नागरिकका तर्फबाट रु १७ करोड ४६ लाख सहयोगको घोषणा गरिएको समितिले जनाएको छ । 

यस्तै प्रदेश सरकारले रु ३० करोड, भरतपुर महानगरपालिकाले रु १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले रु दुई करोड २२ लाख सहयोग गर्ने घोषणा गरेका थिए । अन्य स्थानीय तहले पनि सहयोगको घोषणा गरेका थिए । 

प्रदेश सरकारले प्रदान गर्ने रु ३० करोड बहुवर्षीय बोलपत्र प्रक्रियाअन्तर्गत रहेर काम अघि बढाइने बाग्मती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिनुभयो । उहाँले तत्काल समिति विघटन भइनसकेको भन्दै रकम उठाउन र रङ्गशाला निर्माणमा सहयोग पुर्याउन असार मसान्तसम्म काम गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दाताहरुलाई महायज्ञमा बोलेअनुसारको रकम सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले बन्दाबन्दीका कारण रङ्गशाला निर्माणको काम प्रभावित भए पनि भित्रभित्रै काम गरिरहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश