८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक घर : एक धारा कार्यक्रमबाट दुई लाख ७५ हजार लाभान्वित

२७ जेष्ठ २०७७, मंगलवार ०५:०७

जेठ २७, पोखरा । गण्डकी प्रदेश सरकारको एक घर: एक धारा कार्यक्रमबाट प्रदेशका दुई लाख ७५ हजार जनसङ्ख्या लाभान्वित भएका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा पुत्याउन विशेष कार्यक्रम लागू गरिएको उल्लेख छ ।

आधारभूत खानेपानी सेवा नपुगेका तथा निर्माणाधीन खानेपानी आयोजनाको कार्यक्षेत्रमा समेत नपरेका बस्तीमा १३० खानेपानी आयोजनाको निर्माण कार्य शुरु गरिएको प्रदेश प्रमुख अमिक शेरचनले बताउनुभयो । एक घर : एक धारा कार्यक्रमअन्तर्गत हालसम्म ९५ आयोजनाबाट २९ हजार ७०० धारा निर्माण सम्पन्न भइसकेको जनाइएको छ ।

भूमिगत, सतह र नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजनाको कार्यान्वयनबाट एक हजार २१७ हेक्टर नयाँ सिँचित क्षेत्र विस्तार भएको नीति तथा कार्यक्रममा उल्लेख छ । पुराना तथा जीर्ण सिँचाइ आयोजनाको स्तरोन्नतिबाट चार हजार २७९ हेक्टर जमीनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको र १७५ सिँचाइ आयोजनाको निर्माण कार्य भइरहेको छ ।

 नदी नियन्त्रण र तटबन्ध कार्यक्रमअन्तर्गत १५७ आयोजना कार्यान्वयन गरी २९.४ किलोमिटर लामो तटबन्ध निर्माणबाट बस्ती, बजार, जग्गा र सांस्कृतिक सम्पदाको संरक्षण गरिएको र उक्त कार्यबाट १९७ हेक्टर जमीन उकास भएको प्रदेश सरकारले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता