२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पदमार्ग निर्माण गर्न जङ्गलमै बास, कहिले सकिन्छ काम ?

२०७७, २७ जेष्ठ मंगलवार ०९:१९

जेठ २७, म्याग्दी। बन्दाबन्दी जारी रहँदा म्याग्दीको रघुगङ्ण गाउँपालिका–७ चिमखोलाका बासिन्दा जङ्गलमै बास बसेर पदमार्ग निर्माणमा जुटिरहेका छन् । 

धवलागिरि आइसफल पदमार्गअन्तर्गत चिमखोलाको भौगोलिकरूपमा विकट ससलधारा क्षेत्रमा पदमार्ग निर्माणका लागि स्थानीयवासी जङ्गलमै बास बसेका हुन् । वैशाख अन्तिम हप्ता पदमार्ग निर्माणका लागि गएका चिमखोलावासी विभिन्न दुख, कष्ट सहेर अप्ठ्यारो पहाडमा जोखिम मोलेर पदमार्ग खनिरहेका छन् । 

जङ्गलमै बसेर काम गरिरहेका उपभोक्ता समितिका अध्यक्ष धु्रवकुमार पाइजाले बताउनुभयो । उहाँका अनुसार दैनिक ७० जनाले पदमार्ग निर्माणमा काम गरिरहेका छन् । पदमार्ग निर्माणस्थल ससलधारा पुग्न चिमखोलाबाट नौ घण्टा पैदल हिँड्नुपर्छ । 

ओढार र पाल टाँगेर पदमार्ग निर्माणमा खटिएका मजदुरलाई खानेबस्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य सुरक्षा सतर्कता र भौतिक दूरी कायम गरेर मजदुर परिचालन गरिएको स्थानीय अगुवा गम पुनले बताउनुभयो । विपन्न र बेरोजगारलाई रोजगारीको अवसर मिलेको छ । धवलागिरि हिमालको आधार शिविर नजिकै पर्ने उक्त स्थानमा पदमार्ग बनाउन पर्यटन मन्त्रालयले गाउँपालिकामार्फत रु ५० लाख विनियोजन गरेको छ । हिउँ पग्लिएलगत्तै शुरु भएको पदमार्ग निर्माणको काम बर्खा शुरु नहुँदासम्म जारी हुनेछ । 

नेपालका १०० पर्यटकीय गन्तव्यमा सूचीकृत धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माणको काम भइरहेको छ । विसं २०७५ भदौमा रघुगङ्गा नदीमा आएको बाढीले ४०० मिटर भिरको फेदीको पदमार्ग बगाएपछि घुमाउँरो बाटो हिँड्नुपर्ने भएको थियो । भीरमा पहाड फुटाएर, सिँढी चिनेर ४० मिटर नयाँ पदमार्ग बनाइएको छ । 

ससलधारामा पदमार्ग निर्माण भएपछि रुइसे हुँदै धवलागिरि आइसफल जाने पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ । बेनी–जोमसोम पुरानो पदमार्ग सडकमा परिणत भएपछि त्यसको विकल्पमा गलेश्वरबाट मुस्ताङको लेत जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश