२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

औपचारिक क्षेत्रका बहुसंख्यक श्रमिक तलवबाट वञ्चित, सञ्चालनमा रहेका उद्योगले नै दिएनन् तलब

२०७७, २९ जेष्ठ बिहीबार ०५:२३

जेठ २९, काठमाडौं । गत बैशाख महिनामा औपचारिक क्षेत्रका बहुसंख्यक श्रमिक तलवबाट वञ्चित भएको एक अध्ययनले देखाएको छ । उद्योग क्षेत्रका श्रमिक संलग्न यूनियन समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन)ले २ सय २२ वटा उद्योगका श्रमिकबीच गरेको सर्वेक्षणले केवल ४२ प्रतिशत श्रमिकले मात्र बैशाख महिनामा नियमित पारिश्रमिक पाएको देखिएको हो । 

सर्वेक्षणले ६ प्रतिशतले आँशिक पारिश्रमिक पाएको, २६ प्रतिशतले पेश्की स्वरुप रकम पाएको तथा २४ प्रतिशतले पारिश्रमिक नपाएको देखिएको छ । ह्वीनका अध्यक्ष आनन्द थामीका अनुसार प्रदेशगत रुपमा सवैभन्दा धेरै प्रदेश नम्वर ५ मा श्रमिक पारिश्रमिक तथा राहतबाट वञ्चित भएको देखिएको छ । 

उनका अनुसार सो प्रदेशमा ८० प्रतिशत श्रमिकले पारिश्रमिक तथा राहत पाएका छैनन् । यसैगरी प्रदेश नं. १ मा ५७ प्रतिशत, प्रदेश नं. २ मा ६० प्रतिशत, बागमती प्रदेशमा ५४ प्रतिशत, गण्डकी प्रदेशमा ४५ प्रतिशत श्रमिकले बैशाख महिनामा पारिश्रमिक र राहत दुवैबाट विमुख हुनु परेको छ ।

नेपाल सरकारले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको हकमा बैशाख महिनामा आधा पारिश्रमिक दिन परिपत्र गरेको थियो । बैशाख महिना सञ्चालनमा रहेका उद्योगले पुरै पारिश्रमिक दिन र आंशिक वा बन्द उद्योगले आधा पारिश्रमिक दिन सरकार माताहतका श्रम तथा रोजगार कार्यालयले उद्योग वा प्रतिष्ठानमा परिपत्र गरेता पनि रोजगारदाताहरुले राज्यलाई नटेरेको देखिएको अध्यक्ष थामीले बताए । बन्दाबन्दी (लकडाउन) समयमा श्रम बजारमा घटेका घटनाहरूको अनुगमन र अभिलेखिकरण गर्ने काममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न नसकेको उनले बताए ।

लकडाउनमा सञ्चालित उद्योगहरु मध्ये ५ दशमलव ८५ प्रतिशत उद्योगले मात्र क्वारेन्टिनको ब्यवस्था गरेको र ९४ प्रतिशत उद्योगले क्वारेन्टाइन बिना नै उच्चजोखिममा श्रमिकलाई काम गर्न बाध्य पारेको सर्वेक्षणको निश्कर्ष छ । सामान्य स्वास्थ्य सामग्रीमा माक्स, सेनिटाइजर र सावुनपानीको प्रवन्ध ५१ दशमलव ३५ प्रतिशत उद्योगले मात्र गरेको देखिए तथा ज्वरो नाप्ने मेसिनको प्रयोग नगन्य उद्योगले मात्र गरेको सर्वेक्षणले देखाएको छ ।

सरकारले कोभिड १९ को महामारीको विरुद्ध अग्रभागमा क्रियाशिल डाक्टर/नर्श, प्रहरी र सरसफाईकर्मीलाई प्रोत्साहनको ब्यवस्था गरेपनि उच्च जोखिममा काम गर्ने औपचारिक क्षेत्रका ६ दशमलव ५७ प्रतिशत श्रमिकले मात्र प्रोत्साहन भत्ता पाएको ह्वीनले जनाएको छ ।

लामो समय देखिको लकडाउनले गर्दा श्रमिकले आफ्नो भविष्य प्रतिको भयले गर्दा मनोविज्ञान रुपमा असर पर्न थालेको भन्दै राज्यले लकडाउन अवधिमा पारिश्रमिक नपाउने श्रमिकलाई विना भेदभाव राहतको ग्यारेन्टी गर्नुपर्ने ह्वीनको माग छ । यसैगरी कार्यस्थलमा कोरोनाको संक्रमण नफैलिने गरी भौतिक दुरी कायम गर्दै उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्न पनि माग गरिएको छ ।

लकडाउन अवधिको पारिश्रमिक दिलाउन अन्य कानुनी प्रवन्ध सहित हस्तक्षेपकारी काम गर्न, कुनै पनि उद्योग/प्रतिष्ठानलाई नेपाल सरकारले कर छुट, डिमाण्ड शुल्कमा छुट, जरिवाना मिनाहा, व्याजमा अनुदान, सुलभ ऋण, भन्सार दरवन्दी आयकर लगाएत जुनसुकै सुविधा दिने निर्णय गर्दा श्रमिकलाई पारिश्रमिक दिएको र सामाजिक सुरक्षा कोषमा योगदान गरेको हुनु पर्ने प्रवन्ध गर्न पनि माग गरिएको छ । ह्वीनले चैत्रमा पनि यस्तै अध्ययन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश