२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘हाम्रा सन्तान हाम्रो भविष्य’ अभियान : शिशुका नाममा बैङ्क खाता खोल्ने कार्यक्रम शुरु

२०७७, २९ जेष्ठ बिहीबार ०६:००

जेठ २९, झिमरुक। प्युठान नगरपालिकाले ‘हाम्रा सन्तान हाम्रो भविष्य’ कार्यक्रमअन्तर्गत शिशुका नाममा बैङ्क खाता खोल्ने कार्यक्रम शुरु भएको छ । जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरिने उक्त कार्यक्रममार्फत शिशुका नाममा रु एक हजार नगरपालिकाले जम्मा गरिदिने नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । 

शिशुका नाममा बैंकमा खाता सञ्चालनका लागि  नगरपालिका र नेपाल बैंक लिमिटेड बिजुवार शाखाबीच बुधबार सम्झौता भएको छ । सम्झौतापछि वडा कार्यालयको सिफारिसमा  प्युठान–४ सेतीपोखरीका बालक आयन बरालका नाममा बैंक खाता सञ्चालन गरिएको नेबैंलि बिजुवार शाखा प्रबन्धक नरेन्द्र मिश्रले बताउनुभयो ।  वडा कार्यालयको सिफारिसमा बुबा शङ्कर र आमा शिला पुनले बैंकमै आई आफ्नो २८ दिनको शिशुको खाता खोलिदिनुभएको हो । नगरपालिकाले रु एक हजार जम्मा गरिदिन्छ त्यसमा परिवारले थपिदिन सक्ने प्रबन्धक मिश्रले बताउनुभयो । बैंकमा जम्मा भएको रकम बालबालिका १८ वर्ष पुगेपछि मात्र निकाल्न पाइने छ ।

त्यस्तै नेबैंलि बिजुवारले नगरपालिकाले खाता खोलिदिएका बालबालिकाका लागि रु  पाँच हजार बराबरको औषधोपचार बीमा समेत गरिदिने व्यवस्था मिलाएको छ । उक्त बीमामार्फत बालबालिका १८ वर्षसम्म बिरामी भएमा उपचार पाउनेछन् । 

नगरक्षेत्रमा जन्मिने बालबालिकाको भविष्य उज्यालो बनाउनका लागि नगरको पाँचौँ सभाबाट सो निर्णय गरिएको नगरप्रमुख कक्षपतिले बताउनुभयो । शिशु जन्मिएपछि पनि जन्मदर्ता नगराउने पाइएकाले समयमै दर्ता गराउन र नगरमा तिनको तथ्याङ्क लिनका लागि सो कार्यक्रमले सहयोग पुग्ने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश