८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘हाम्रा सन्तान हाम्रो भविष्य’ अभियान : शिशुका नाममा बैङ्क खाता खोल्ने कार्यक्रम शुरु

२९ जेष्ठ २०७७, बिहीबार ०६:००

जेठ २९, झिमरुक। प्युठान नगरपालिकाले ‘हाम्रा सन्तान हाम्रो भविष्य’ कार्यक्रमअन्तर्गत शिशुका नाममा बैङ्क खाता खोल्ने कार्यक्रम शुरु भएको छ । जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरिने उक्त कार्यक्रममार्फत शिशुका नाममा रु एक हजार नगरपालिकाले जम्मा गरिदिने नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । 

शिशुका नाममा बैंकमा खाता सञ्चालनका लागि  नगरपालिका र नेपाल बैंक लिमिटेड बिजुवार शाखाबीच बुधबार सम्झौता भएको छ । सम्झौतापछि वडा कार्यालयको सिफारिसमा  प्युठान–४ सेतीपोखरीका बालक आयन बरालका नाममा बैंक खाता सञ्चालन गरिएको नेबैंलि बिजुवार शाखा प्रबन्धक नरेन्द्र मिश्रले बताउनुभयो ।  वडा कार्यालयको सिफारिसमा बुबा शङ्कर र आमा शिला पुनले बैंकमै आई आफ्नो २८ दिनको शिशुको खाता खोलिदिनुभएको हो । नगरपालिकाले रु एक हजार जम्मा गरिदिन्छ त्यसमा परिवारले थपिदिन सक्ने प्रबन्धक मिश्रले बताउनुभयो । बैंकमा जम्मा भएको रकम बालबालिका १८ वर्ष पुगेपछि मात्र निकाल्न पाइने छ ।

त्यस्तै नेबैंलि बिजुवारले नगरपालिकाले खाता खोलिदिएका बालबालिकाका लागि रु  पाँच हजार बराबरको औषधोपचार बीमा समेत गरिदिने व्यवस्था मिलाएको छ । उक्त बीमामार्फत बालबालिका १८ वर्षसम्म बिरामी भएमा उपचार पाउनेछन् । 

नगरक्षेत्रमा जन्मिने बालबालिकाको भविष्य उज्यालो बनाउनका लागि नगरको पाँचौँ सभाबाट सो निर्णय गरिएको नगरप्रमुख कक्षपतिले बताउनुभयो । शिशु जन्मिएपछि पनि जन्मदर्ता नगराउने पाइएकाले समयमै दर्ता गराउन र नगरमा तिनको तथ्याङ्क लिनका लागि सो कार्यक्रमले सहयोग पुग्ने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता