८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँमै १२७ लाई रोजगारी, गाउँमै रोजगारी पाएपछि स्थानीय बासिन्दा उत्साहित

२९ जेष्ठ २०७७, बिहीबार ०६:१६

जेठ २९, खोटाङ । रावाबेँसी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि १२७  युवाले गाउँमै रोजगारी पाएका छन् । गरिबीको रेखामुनि परेका र लामो समयदेखि बेरोजगार रहेका व्यक्ति तथा परिवार छनोट गरेर उनीहरुको जीविकोपार्जनका लागि गाउँमै रोजगारी दिइएको हो । 

ती युवालाई प्रतिव्यक्ति जनही दैनिक रु ५१७ पारिश्रमिक दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । “हरेक टोलमा रोजगार उपभोक्ता समिति बनाएर युवा परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “ कार्यक्रममार्फत गाउँमै रोजगार पाएपछि स्थानीय बासिन्दा पनि उत्साहित भएका छन् ।”

ती युवालाई सम्बन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय भवनको रङगरोगन गर्ने, विद्यालय वरपर बगैँचा निर्माण गर्ने, विद्यालय तथा सार्वजनिकस्थल नजिक खाली रहेको जग्गामा फलफूलका बिरुवा रोप्नेलगायतका काममा खटाइएको छ । यही जेठ १ गतेबाट परिचालन गरिएका युवालाई रोजगार उपभोक्ता समितिले काममा खटाउने तथा हाजिरी राख्नेलगायतका काम गर्दै आएको रोजगार कोषका संयोजक कुमारप्रसाद दाहालले बताउनुभयो ।

 छ वडा रहेको उक्त गाउँपालिकामा सो कार्यक्रमका लागि रु २० लाख दुई हजार बजेट रहेको जनाइएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा सामाजिक दूरी कायम गर्दै वडा नं ५ मा २२ र अन्य वडामा २१–२१ का दरले युवा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । 

हरेक दिन बिहान ९ देखि बेलुका ५ बजेसम्म काममा खटिने युवाले गरेका कामलाई प्रभावकारी बनाउन अनुगमनसमेत गर्ने गरिएको अनुगमन समितिका संयोजक एवं गाउँपालिकाका उपप्रमुख समला राईले जानकारी दिनुभयो । अनुगमनका क्रममा कार्यक्रम प्रभावकारी भएको पाइएको संयोजक उहाँले बताउनुभयो ।

 सो कार्यक्रममा रोजगार गुमाएर जिल्ला फर्किएका युवालाई समेत सहभागी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले जानकारी दिनुभयो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सो गाउँपालिकामा बन्दाबन्दीको मारमा परेका व्यक्ति तथा परिवारलाई राहत वितरण गर्ने काम पनि भइरहेको जनाइएको छ । 

 ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा प्रतिवडा रु तीन लाख ५० हजारका दरले हरेक वडा कार्यालयमा बजेट पठाएर कार्यक्रम शुरु गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा समेत उक्त कार्यक्रम लागू भएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता