८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालगञ्जको ‘ड्रिम प्रोजेक्ट’ सकिने चरणमा

३० जेष्ठ २०७७, शुक्रबार ०४:४४

जेठ ३०, नेपालगञ्ज। नेपालगञ्जको ‘ड्रिम प्रोजेक्ट’ वाटरपार्क क्षेत्रको निर्माण कार्य सकिने चरणमा पुगेको छ । लकडाउनको आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी वाटरपार्क क्षेत्रको सौन्दर्यीकरणको काम दु्रतगतिमा अघि बढाइएको छ । 

 नगर विकास समितिबाट हस्तान्तरण भएको सो प्रोजेक्टको कामलाई उपमहानगरपालिकाले युद्धस्तरमा अघि बढाएको छ । झण्डै १३ वर्ष पुरानो उक्त ड्रिम प्रोजेक्टअन्तर्गत अहिले सो सडक कालोपत्रको कामलाई दु्रतगतिमा सञ्चालन गरिएको छ । 

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार वाटरपार्कको कूल ६५ बिघा  क्षेत्रफलमा आधुनिक बस्ती बसाउने गरी प्रोजेक्ट सञ्चालन गरिएको हो । सो क्षेत्रमा करिब एक हजार बढी घरधुरी बसाउने योजना छ ।

 नेपालगञ्जको मुटु धम्बोझी–१ को उत्तरपश्चिममा पर्ने वाटरपार्कको कूल क्षेत्रफल मध्ये १० बिघा तलाउले ओगटेको छ । सोही तलाउलाई नै वाटरपार्कको नाम दिइएको हो । तलाउलाई नौका बिहार र पौडी पोखरीका रूपमा विस्तार गरिएको छ । पार्कमा आकर्षक र मनमोहक पूmलबारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिएको छ । यसैगरी वाटरपार्क क्षेत्रभित्र ६ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण भइरहेको छ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिने छ । 

वाटरपार्क निर्माणको योजना १३ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणको क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो । अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएको नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो ।

वाटर पार्क क्षेत्रमा अधिग्रहण गरिएको जग्गाको प्रमाणपूर्जा तयार भइरहेको छ भने झण्डै ३५० घरधुरीलाई अस्थायी प्रमाणपुर्जासमेत वितरण भइसकेको छ । नापीको बाँकी केही सकेर बाँकी सबै घरधुरीलाई प्रमाणपुर्जा वितरण गरिने अध्यक्ष राणाले बताउनुभयो । वाटरपार्क क्षेत्रका जग्गाधनीले समितिले तयार गरेको डिपिआरअनुसार घर संरचना निर्माण गर्नुपर्ने जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता