८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘हायर मी नेपाल’ले एक वर्षमा ५० हजारलाई रोजगारी दिलाउने, तपाई तयार हुनुहुन्छ ?

३० जेष्ठ २०७७, शुक्रबार ०८:४२

जेठ ३०, काठमाडौँ । कोरोना संक्रमण र लकडाउनको कारण विश्वव्यापी आर्थिक मन्दीबाट करोडौं मानिस बेरोजगार हुने देखिएको छ । यसै सन्दर्भमा संक्रमणको कारण विदेशबाट आउने १० लाख, देशमै बेरोजगार भएका दश लाख र अन्य पाँच लाख समेत न्यूनतम २५ लाख जनशक्तीलाई रोजगारी दिने चुनौती सरकार सामु आइसकेको छ । 

सरकारले आ.व. २०७७/७८ को निति कार्यक्रम तथा बजेटमा समेत स्थानिय स्तरमा रोजगार सेवा केन्द्र स्थापना गरी उपलब्ध श्रमिक तथा कामदारको योग्यता, सिप र क्षमता अनुसार काम उपलब्ध गराउन ‘श्रम सूचना बैंकको’ अवधारणा सार्वजनिक गरेको छ ।

स्थानीय रोजगार सेवा केन्द्रले रोजगार दाता र रोजगारीको खोजिमा रहेकाहरू बीचमा सम्पर्क स्थापित गरी रोजगारी प्राप्तीमा सहयोग गर्ने मूल लक्ष्य लिएको देखिन्छ । सरकारको यही कार्यक्रममा सहयोग पुर्याउने उद्देश्यले नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेसले हायर मी नेपाल परियोजना संचालन गर्न गइरहेको छ।

रोजगारदातालाई चाहिएको जनशक्ती पाउन महंगो विज्ञापन गर्नुपर्ने, परिक्षा, अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्था छ । समयमा चाहेको रोजगारी नपाउँदा विदेश पलायन हुनु पर्ने वाध्यता छ । अर्को तिर रोजगारदाताले चाहेको उम्मेदवार नपाएको अवस्था छ । 

यही समस्या समाधान र सरकारको श्रम सूचना बैंकलाई सघाउने उद्देश्यले हायर मी नेपाल अनलाइन पोर्टल छिटै संचालन हुन लागेको हो । देश र विदेशमा रहेको श्रमिक कामदारले वेब साइट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पूर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको छ । 

श्रावणको पहिलो साताबाट संचालन गर्ने लक्ष्य लिइएको हायर मी नेपाल परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा १० लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखि ५० हजारलाई रोजगारी दिलाउने कार्यक्रम रहेको जानकारी गराएको छ ।

परियोजनालाई सातै प्रदेशमा प्रभावकारी रूपमा संचालन गर्नका लागि सम्पर्क कार्यालय खोली श्रावण देखि प्रचार प्रसारको कार्यक्रम गरि बढी भन्दा बढी जनशक्तीलाई समावेश गरिने बताइएको छ । रोजगारदाता र रोजगारी चाहने बीच काममा लगाउने सहमति भइसकेपछि निजहरूलाई आवश्यक पर्ने तालिम पनि न्यून लागतमा उपलब्ध गराउने गरी कार्यक्रम निर्धारण गरिसकिएको कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता