११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारद्वारा कोरोना नियन्त्रणमा ८ अर्ब ३९ करोड खर्च, हेर्नुहोस् खर्च विवरण

३१ जेष्ठ २०७७, शनिबार ०७:१३

जेठ ३१, काठमाडौँ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा झण्डै साढे ८ अर्ब रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीले हालसम्म ८ अर्ब  ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

संघीय सरकारले ४ अर्ब १० करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ । यसबाट स्वास्थ्य सामग्री खरिदमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ,  स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख,  जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वरेन्टिनमा १३ करोड ५५ लाख १८ हजार र अन्यमा ४० करोड १५ लाख रुपैयाँ खर्च भएको छ । 

यस्तै सात वटै प्रदेश सरकारले १ अर्ब ३० करोड ४ लाख रुपैयाँ खर्च भएको र ७ सय ५३ वटा पालिकाहरुले २ अर्ब ९८ करोड ५१ लाख १४ हजार रुपैयाँ खर्च गरेका छन् ।  यो खर्च सिसिएमसीको निर्देशक समितिको निर्णय अनुसार सार्वजनिक भएको पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

यस्तै कोरोना कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली