११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा विपन्न समुदायका लागि ‘खाद्य बैंक’ स्थापना

३१ जेष्ठ २०७७, शनिबार ०८:३१

मानदत्त रावल। जेठ ३१ जुम्ला। सनराइज बैंक शाखा कार्यालय जुम्लाको सहयोगमा यहाँको चन्दननाथ नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको छ । लकडाउन प्रभावित विपन्न घरपरिवारलाई खाद्यान्न (चामल) उपलब्ध गराउने उद्देश्यले नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको हो । 

सनराइज बैंक शाखा जुम्लाका प्रबन्धक जीवन केसीका अनुसार नगरपालिकाको कोरोना महामारीको राहतका लागि सहयोग गर्न माग भएपछि खाद्यान्न उपलब्ध गराएको हो । वित्तीय संस्था बैंकको सामाजिक दायित्वका लागि केही काम गर्नुपर्ने उद्देश्यअनुसार महामारीमा राहतका लागि खाद्यान्न (चामल) उपलब्ध गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यही सामाजिक दायित्वअनुसार जुम्लाको चन्दननाथ नगरपालिकालाई रु ५० हजार रकमबराबर २५ किलोको ३७ बोरा चामल उपलब्ध गराएको हो ।”

चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले भन्नुभयो, “अहिले कोरोना भाइरसको महामारीले मुलुक नै सङ्कटमा परेको छ । यो सङ्कटको घडीमा राज्यलाई सहयोगको आवश्यकता परेका छ । लामो समयदेखिको लकडाउनले यहाँका विपन्न तथा ज्याला मजदुरी गरी बिहान बेलुका छाक टार्ने घरपरिवार प्रभावित भएका छन् ।” 

नगरपालिकाले आफ्नोतर्फबाट राहत वितरण गरे पनि अहिले अपुग नै भएको छ । विपन्न घरपरिवारका लागि नगरपालिकाले वित्तीय संस्था बैंकलाई पनि राहतका लागि सहयोग गर्न अनुरोध गरेका थियौँ नगरप्रमुख सेजुवालले भन्नुभयो सोहीअनुसार सनराइज बैंकले सहयोग गरेको हो । 

चन्दननाथ नगरपालिकाले दुई हजार ५३९ जनालाई राहत वितरण गरेको जनाएको छ । विपन्न वर्ग, जेष्ठ नागरिक, अपाङ्ग, सुत्केरी महिला र बाहिर जिल्लाबाट जुम्ला आएर लकडाउनमा अलपत्र परेका नागरिकलाई राहत वितरण गरेको हो । यसअघि वित्तीय संस्था ग्लोबल आइएमई बैंक शाखा जुम्लाको सहयोगमा जुम्लामा ‘खाद्य बैंक’ स्थापना गरिएको थियो । 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीका अनुसार बैंकको सहयोगमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाबाट चामल खरिद गरी अहिले समन्वयमा स्टोर गरिएको छ । स्थानीय तहको माग र आवश्यकताका आधारमा वितरण हुने उहाँले बताउनुभयो । ग्लोबल आइएमई बैंक लिमिटेड शाखा जुम्लाका प्रमुख विनोदकुमार आचार्यका अनुसार ३० किलोको १५० प्याक चामल ल्याएर स्थानीय तहमा वितरण गर्ने गरी समन्वयमा बुझाएका छौँ । उहाँले भन्नुभयो, “दुई लाख २५ हजार रकमबराबर राहतका लागि वितरण गर्न चामल उपलब्ध गरिएको हो ।” 

कुपोषित बालबालिकालाई पौष्टिक आहारसहित उपचार 

जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सातजना कुपोषण भएका बालबालिकाको उपचार भइरहेको छ । यहाँको हाँडसिंजा स्वास्थ्य चौकीमा कुपोषित बालबालिकालाई राखेर पौष्टिक आहार खुवाएर उपचार गरिएको हो । 

हाँडसिंजा स्वास्थ्य चौकीका प्रमुख वीरेन्द्र उपाध्यायका अनुसार गाउँपालिकाभरिका कुपोषित बालबालिकालाई उपचार गर्ने गरी यहाँको स्थानीय सरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । कुपोषित बालबालिकालाई पौष्टिक आहारसहित उपचार सेवा केन्द्र सञ्चालन गरी बालबालिकाको उपचार गरिएको प्रमुख उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाभरिका कुपोषित बालबालिकाको तथ्याङ्क सङ्कलन गरी यहाँ ल्याएर पौष्टिक आहारसहित उपचारपश्चात् सुपोषित बनाएर घर पठाउने गाउँपालिकाको लक्ष्य रहेको छ ।”

बालबालिकाको उमेरअनुसार तौल बढाउने र बालमृत्युदर घटाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । यसै कार्यक्रमअन्तर्गत सातजना कुपोषित बालबालिकालाई स्वास्थ्य चौकीमै राखेर पौष्टिक आहारसहित उपचार गरिएको हो । यसअघि आइएनएफ जुम्लाले जिल्लाभरिका कुपोषित बालबालिकालाई उपचार गर्दै आएको थियो तर उक्त कार्यालय अहिले जुम्लामा नरहेकाले बालबालिकाले उपचार पाउन सकेका थिएनन् । 

गरिब, विपन्न तथा दलित बालबालिका कुपोषित भएर बालमृत्युदर बढ्ने स्थिति आएपछि गाउँपालिकाले चालू आवदेखि रु तीन लाख ५० हजार बजेटमा यो कार्यक्रम सञ्चालनमा ल्याएको अध्यक्ष नरवीर रावतले बताउनुभयो । अहिले कुपोषित बालबालिकाका यकिन तथ्याङ्क लिएको छैन । अब सबै बालबालिकाको तथ्याङ्क लिएर यो कार्यक्रमलाई निरन्तरता दिएर कुपोषित बालबालिकालाई सुपोषित बनाएर बालमृत्यु दर न्यूनीकरण गर्ने गाउँपालिकाको योजना रहेको प्रमुख उपाध्यायको भनाइ छ ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली