११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा काठमाडौँ उपत्यकामा होम डेलिभरी तयारी

१ असार २०७७, सोमबार ०७:४१

असार १, काठमाण्डौ । बन्दाबन्दीमा चक्रपथभित्र अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ । बन्दाबन्दी अवधिमा उपभोक्तासँग उपत्यकाभित्र डेलिभरी चार्ज नलिनका  लागि निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

“शुरुआती चरणमा चक्रपथभित्र मात्र डेलिभरी शुरु गरिएको थियो, सबै आन्तरिक तयारी पूरा गरेर उपत्यका भित्र विस्तारको योजना बनाइएको हो”, उहाँले भन्नुभयो । चक्रपथभन्दा पाँच किलोमिटर बाहिरसम्म एकदुई दिनभित्र अनलाइन डेलिभरी शुरु गर्ने तयारी गरिएको तथा अन्य स्थानमा विस्तारै गर्दै जाने  जनाइएको छ । यसैगरी चक्रपथ बाहिर डेलिभरी शुरु गर्दा जडिबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा स्यानिटाइजरसमेत अनलाइन बिक्रीमा राख्ने तयारी भएको सुवेदीले जानकारी दिनुभयो ।

चार सय डेलिभरी

लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ ।   चैत २६ देखि जेठ ३० गतेसम्म चक्रपथभित्रबाट ४१८ अनलाइन अर्डर आएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जनाकारी दिनुभयो । उहाँका अनुसार अनलाइन डेलिभरीवाट रु १३ लाख ४३ हजार ७६५ बराबरको खाद्य पदार्थ बिक्री भएको छ । सोमध्ये २०५ क्विन्टल चामल, दश क्विन्टल कर्णालीको सिमी, ६ क्विन्टल दाल, दुई क्विन्टल केराउ र ३९ लिटर घिउ बिक्री गरिएको छ ।

हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णाली सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण हुँदै आएको छ । कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्री वितरण गर्दै आएको छ । काठमाडौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट सेवा प्रदान गरिँदै आएको छ ।

प्रतिव्यक्ति रु दुई हजारदेखि पाँच हजारसम्मको खरीदमा १० प्रतिशत छुट दिइँदै आएको छ । अनलाइनमार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा इ–सेवामार्फत ‘इ–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था छ । कम्पनीले साल्ट ट्रेडिङ लिमिटेडसँग समन्वय गरी गहुँको पिठो र आयो नून तथा डिडिसीसँग समन्वय गरी शुद्ध घिउ बिक्री गर्दै आएको छ ।

यसअघि बिक्री गरिँदै आएको विद्युतीय चुलोलाई समेत बिक्रीमा राख्ने तयारी भएको प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो खरीद गरी बिक्रीमा राख्ने कार्य अन्तिम चरणमा पुगेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली