२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘मोटरबाटो आयो तर बिजुली आएन’

२०७७, १ असार सोमबार ०७:४३

असार १, प्युठान। कुटानीपिसानीका लागि पानी र विद्युत्को अभावमा यहाँका नगरवासी  समस्यामा छन् । विद्युत् नहुँदा स्थाीयवासी अँध्यारोमा बस्नुपरेको छ भने घट्ट सञ्चालनका लागि पानी र विद्युत् अभाव हुँदा कुटानीपिसानीका लागि टाढासम्म जानुपर्ने बाध्यता छ । 

स्वर्गद्वारी नगरपालिका–२ नयाँगाउँ, वाजम र हाम्जाका करिब ४५० घरधुरीमा विद्युत् नपुग्दा यहाँका बासिन्दाले कुटानीपिसानीका लागि मात्र दिनभर बिताउनुपर्ने समस्या झेल्दै आएका छन् । दुई घण्टा पैदल हिँडेर स्थानीयवासी अन्न कुटानीपिसानी गर्न खाल, नोस र रोल्पाको सुरपाल पुग्नुपर्ने बाध्यता रहेको छ । 

गाउँलेसँग मिल सञ्चालन गर्ने क्षमता भए पनि विद्युत् नभएका कारण समस्या भोग्नुपर्ने अवस्था हट्न नसकेको स्थानीय अनिता पुनले गुनासो गर्नुभयो । “जङ्गलको बाटो दुई घण्टा हिँडेर मिलमा पुग्छौँ”, पुनले भन्नुभयो, “मिलमा पुग्दा पालो कुर्दै दिन बित्छ ।” गाउँघरका जाँतो हराइसकेका छन् । जाँतो भएका घरमा पनि धेरै मात्रामा गहुँ, मकै, धान पिसाउन दिन बिताउनु पर्दा सास्ती भोग्दै आएको पुनको भनाइ छ । “दुई÷चार माना घरमा भएको जाँतोमा पिस्न सकिए पनि धेरै पिस्न गाह्रो हुने भएकाले मिलमै पुग्नु पर्छ”, सोही गाउँकी दिला पुनले भन्नुभयो, “गाउँमा मोटरबाटो आयो तर बिजुली आएन । बिजुलीको व्यवस्था भएमा सयौँ दिदीबहिनीको ठूलो समस्या हल हुने थियो ।” गाउँमा मिल भएमा महिलाको कार्यबोझ घट्ने र समय बचत भए आय वृद्धि गर्न सकिने उहाँ बताउनुहुन्छ । 

विद्युत् पुर्याउन वर्षौंदेखि आग्रह गरिरहँदा पनि सुनुवाइ नभएको पुनको गुनासो छ ।  मिलमा प्रायः महिला नै पुग्ने गर्दछन् । एक पटकमा आठ÷दश पाथी अन्न लिएर दुई घण्टा हिँडेर मिलमा पुग्ने गर्दछन् । मिलमा पालो कुर्दा कहिलेकाहीँ राति घर फर्कनुपर्ने हुन्छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युत्को पहुँच पु¥याउन बोलपत्र आह्वान गरे पनि शुरु हुन नसकेको नगरपालिका–२ का वडाध्यक्ष मीनराज रानामगर बताउनुहुन्छ । “विद्युत् नहुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन्”, वडाध्यक्ष रानाले भन्नुभयो, “विद्युत् र घट्ट मिल टाढा हुँदा स्थानीयवासीले पीडा खेप्दै आएका छन् ।” 

मट्टितेल र डिजेलबाट चल्ने मिल सहज आपूर्ति नहुने भएपछि कसैले सञ्चालन गरेका छैनन् । विद्युत् पहुँच पु¥याउनतर्फ नेपाल विद्युत् प्राधिकरण र नगरपालिकामा विशेष पहल गरिने रानाको भनाइ छ । विद्युत् व्यवस्थाका लागि सम्बन्धित निकायले सक्रियता देखाउनुपर्ने स्थानीयवासीको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो