८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘मोटरबाटो आयो तर बिजुली आएन’

१ असार २०७७, सोमबार ०७:४३

असार १, प्युठान। कुटानीपिसानीका लागि पानी र विद्युत्को अभावमा यहाँका नगरवासी  समस्यामा छन् । विद्युत् नहुँदा स्थाीयवासी अँध्यारोमा बस्नुपरेको छ भने घट्ट सञ्चालनका लागि पानी र विद्युत् अभाव हुँदा कुटानीपिसानीका लागि टाढासम्म जानुपर्ने बाध्यता छ । 

स्वर्गद्वारी नगरपालिका–२ नयाँगाउँ, वाजम र हाम्जाका करिब ४५० घरधुरीमा विद्युत् नपुग्दा यहाँका बासिन्दाले कुटानीपिसानीका लागि मात्र दिनभर बिताउनुपर्ने समस्या झेल्दै आएका छन् । दुई घण्टा पैदल हिँडेर स्थानीयवासी अन्न कुटानीपिसानी गर्न खाल, नोस र रोल्पाको सुरपाल पुग्नुपर्ने बाध्यता रहेको छ । 

गाउँलेसँग मिल सञ्चालन गर्ने क्षमता भए पनि विद्युत् नभएका कारण समस्या भोग्नुपर्ने अवस्था हट्न नसकेको स्थानीय अनिता पुनले गुनासो गर्नुभयो । “जङ्गलको बाटो दुई घण्टा हिँडेर मिलमा पुग्छौँ”, पुनले भन्नुभयो, “मिलमा पुग्दा पालो कुर्दै दिन बित्छ ।” गाउँघरका जाँतो हराइसकेका छन् । जाँतो भएका घरमा पनि धेरै मात्रामा गहुँ, मकै, धान पिसाउन दिन बिताउनु पर्दा सास्ती भोग्दै आएको पुनको भनाइ छ । “दुई÷चार माना घरमा भएको जाँतोमा पिस्न सकिए पनि धेरै पिस्न गाह्रो हुने भएकाले मिलमै पुग्नु पर्छ”, सोही गाउँकी दिला पुनले भन्नुभयो, “गाउँमा मोटरबाटो आयो तर बिजुली आएन । बिजुलीको व्यवस्था भएमा सयौँ दिदीबहिनीको ठूलो समस्या हल हुने थियो ।” गाउँमा मिल भएमा महिलाको कार्यबोझ घट्ने र समय बचत भए आय वृद्धि गर्न सकिने उहाँ बताउनुहुन्छ । 

विद्युत् पुर्याउन वर्षौंदेखि आग्रह गरिरहँदा पनि सुनुवाइ नभएको पुनको गुनासो छ ।  मिलमा प्रायः महिला नै पुग्ने गर्दछन् । एक पटकमा आठ÷दश पाथी अन्न लिएर दुई घण्टा हिँडेर मिलमा पुग्ने गर्दछन् । मिलमा पालो कुर्दा कहिलेकाहीँ राति घर फर्कनुपर्ने हुन्छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युत्को पहुँच पु¥याउन बोलपत्र आह्वान गरे पनि शुरु हुन नसकेको नगरपालिका–२ का वडाध्यक्ष मीनराज रानामगर बताउनुहुन्छ । “विद्युत् नहुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन्”, वडाध्यक्ष रानाले भन्नुभयो, “विद्युत् र घट्ट मिल टाढा हुँदा स्थानीयवासीले पीडा खेप्दै आएका छन् ।” 

मट्टितेल र डिजेलबाट चल्ने मिल सहज आपूर्ति नहुने भएपछि कसैले सञ्चालन गरेका छैनन् । विद्युत् पहुँच पु¥याउनतर्फ नेपाल विद्युत् प्राधिकरण र नगरपालिकामा विशेष पहल गरिने रानाको भनाइ छ । विद्युत् व्यवस्थाका लागि सम्बन्धित निकायले सक्रियता देखाउनुपर्ने स्थानीयवासीको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता