२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजबाट फर्म दर्ता र नवीकरण पुनः सञ्चालन

२०७७, १ असार सोमबार ०८:५३

असार १, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा फर्म दर्ता तथा नवीकरणलगायत रोकिएका काम आजदेखि पुनःसञ्चालन गरेको छ । विभागले आजदेखि फर्महरुको दर्ता, नवीकरण, संशोधन, नामसारी, खारेजी जस्ता अवरुद्ध सेवाका लागि विभागको इमेलमा आवश्यक कागजात पठाउन व्यवसायीलाई आग्रह गरेको छ । 

आवश्यक कागजात इमेल गरेपछि विभागले सबै प्रक्रिया पुगेका व्यवसायीलाई सम्पर्क गर्ने जनाइएको छ ।  साना कामका लागि कार्यालयमा आउन नपर्ने वातावरण सिर्जना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकरी दिनुभयो । “व्यवसाय दर्तालगायत विभागबाट प्रवाह हुने सम्पूर्ण सेवाका लागि आवश्यक कागजपत्र मेल गरेपछि हामी व्यवसायीलाई सबै कागजपत्र लिएर आउन आग्रह गछौँ, आवश्यक काजगपत्र नपुगेर कार्यालयबाट फर्कन भन्दा मेल गर्दा सहज हुन्छ भन्ने उद्देश्यले व्यवसायीलाई मेल गर्न आग्रह गरेका हौँ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार आजदेखि कार्यालय सञ्चालन गरेर विभागअन्तर्गत रहेका शाखाहरु विभिन्न दिनमा खुला हुने गरी कामको बाँडफाँट गरिएको छ । विभागले आइतबार, मङ्गलबार र शुक्रबार रु ६० लाखभन्दा कम पूँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, सोमबार प्राइभेट फर्म नयाँ दर्ता, बुधबार रु ६० लाखभन्दा माथि पूँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी र कम्पनीको व्यापार अनुमति दिने कार्य हुने जनाइएको छ । यसैगरी बिहीबार साझेदारी फर्म दर्ता, नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, एजेन्सी दर्ता÷नवीकरण संशोधनलगायत सेवा प्रवाह हुने जनाइएको छ ।

विभागबाट हुने कार्यका लागि कानून व्यवसायी, व्यवसायीका साथी वा व्यवसायीसँग अन्य सदस्य आवश्यक नपर्ने र  उनीहरुलाई प्रवेश निषेध गरिएको जनाइएको छ । विभागले बजार अनुगमनका क्रममा कारवाहीस्वरुप जरिवाना गरिएका फर्मको शुल्क बुझाउन उपभोक्ता सहायतासम्बन्धी कार्य तथा निकासीपैठारी इजाजतसम्बन्धी कार्य सार्वजनिक बिदाबाहेकका दिनमा दैनिक सञ्चालन भएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश