२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रम

२०७७, १ असार सोमबार ०८:५६

असार १, तनहुँ । मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रम अन्तर्गत तनहुँको भिमाद नगरपालिका–९ भानुमतिस्थित सखेपमा स्थानीय जातका कुखुराका चल्ला उत्पादन गर्ने ‘ह्याचरी’ बनाउन थालिएको छ । हप्तामा दुई हजार ५०० चल्ला उत्पादन गर्ने उद्देश्यले थालिएको उक्त कामको ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । 

त्यसका लागि २६ कामदार दैनिक परिचालन गरिएको मुख्यमन्त्री नमूना वातावरणमैत्री नमूना किसान समूहका अध्यक्ष डोलबहादुर गुरुङले बताउनुभयो ।  मेसिन राख्ने र त्यसबाट उत्पादन भएका चल्लालाई भ्याक्सिन दिएर व्यवस्थापन गर्ने कक्ष निर्माण  भइरहेको छ । उत्पादित चल्ला किसानको मागअनुरुप बिक्री गर्दै जाने र बाँकी ह्याचरीमा नै राखेर एक हजार ५०० माउ कुखुरा उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

उक्त कार्यका लागि रु ४८ लाख बजेट विनियोजन भएको छ भने रु १२ लाख स्थानीय श्रमदानसमेत गरी कूल रु. ६० लाख खर्च हुने लक्ष्य छ । नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी उत्पादनको लागि वडाका आठ वटा टोल विकास संस्थालाई समेटिएको छ । प्रत्येक टोलमा एक÷एक जनालाई रोजगारीको व्यवस्था गर्दै बेमौसमी तरकारी उत्पादनमा जोड दिइएको हो ।  

उत्पादित तरकारी कोल्डस्टोरमा राखी बजारमा लगेर बिक्री वितरण गरिनेछ । कोल्डस्टोर बनाउन रु पन्ध्र लाख विनियोजन भएको छ । तरकारी उत्पादनका लागि काम शुरुआत गर्ने योजना रहे पनि बन्दाबन्दीले सामग्री ल्याउन नसक्दा ढिलाइ भएको छ । तरकारी उत्पादनका लागि एघार रोपनी जग्गा वार्षिक रु २२ हजार भाडा बुझाउने गरी सहमति गरी लिएको छ । 

त्यसैगरी, इजरायलले विकास गरेको प्रविधिलाई कृषि क्षेत्रमा नयाँ आयम दिन चितवनको पिठुवाबाट आएका प्राविधिकसहितको ६ जनाको टोलीले शुरु गरेको ‘हाइटेक नर्सरी’ निर्माण अन्तिमचरणमा पुगेको छ । प्लाष्टिक अपुग भएकोले एक टनेलको छानो छाउने कार्य बाँकी छ । पानी सङ्कलन गर्ने एक पोखरी खन्न बाँकी रहेको समूहका सदस्य शिवकुमार आलेले बताउनुभयो । मुख्यमन्त्री नमूना वातावरणमैत्री किसान समूह गठन गरी उक्त समूहमा तीन सय स्थानीयवासी आवद्ध छन् । 

नेपालमा हालसम्म आठ÷दश कम्पनीले हाइटेक टनेल बनाउने गरेका छन् । उहाँले भन्नुभयो, “उक्त कम्पनीमध्ये एउटालाई हामीले भाडामा ल्याएर निर्माण थालिएको हो ।” सुन्तला, आँप, कागती, रुख कटहर, नास्पती, अम्बालगायतका बिरुवा उत्पादन गर्न करीब सात रोपनी क्षेत्रफलमा टनेल बनाउने काम अघि बढाइएको छ । उहाँले भन्नुभयो । “यस कार्यक्रममार्फत स्थानीयवासीको आयस्तरमा वृद्धि गराई स्वरोजगार बनाउने उद्देश्य छ ।” कार्यक्रमका लागि गण्डकी प्रदेश मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रम अन्तर्गत रु ५० लाख विनियोजन भएको छ । एक टनेलबाट आठ हजार बिरुवा उत्पादन गर्न सकिने भएकोले चार टनेलबाट एकै पटकमा ३२ हजार बिरुवा उत्पादन गर्न सकिने छ । 

आधुनिक प्रविधिसँग जोडेर यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि गर्न प्रचुर सम्भावना रहेकोले परियोजनाको कामलाई तीव्रता दिइएको छ । बाह्य जिल्लाबाट भित्रिने बिरुवालाई न्यूनीकरण गर्दै हावापानी सुहाउँदो उन्नत जातका फलफूलका बिरुवा, बेमौसमी तरकारी तथा स्थानीय जातका कुखुराका चल्ला उत्पादन गर्ने लक्ष्य रहेको जनाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो