११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली प्रदेशद्वारा ३३ अर्ब ७४ करोडको बजेट पस्तुत (पूर्ण पाठसहित)

१ असार २०७७, सोमबार ०९:०७

कर्णाली प्रदेशद्वारा ३३ अर्ब ७४ करोडको बजेट पस्तुत (पूर्णपाठसहित)

असार १, सुर्खेत । कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको हो । 

कुल बजेटमध्ये चालुतर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार (५७ प्रतिशत), पुँजीगततर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख (९ प्रतिशत) रुपैंया बजेट विनियोजन गरेको हो । 

सोमबार बिहान ११ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेटमध्ये आन्तरिक राजश्वबाट ३० करोड ६ लाख ५३ हजार रुपैंया, यो वर्ष खर्च नभइ बाँकी रहेको ११ अर्ब १९ करोड ९ लाख ८५ हजार रुपैंया, संघीय सरकारबाट प्राप्त हुने ७ अर्ब ३९ करोड ५६ लाख रुपैंया, वित्तीय समानीकरणबापत प्राप्त हुने ९ अर्ब ६३ करोड २९ लाख रुपैंया तथा सशर्त अनुदानतर्फ प्राप्त हुने ४ अर्ब ४९ करोड ११ लाख रुपैंयालाई प्रोतको रुपमा देखिाइएको छ । त्यस्तै, समपूरक अनुदानतर्फ २५ करोड २५ लाख र विशेष अनुदान ४६ करोड रुपैंया प्राप्त हुने अनुमान गरिएको छ । 

कर्णाली प्रदेशले ल्याएको यो बजेट अघिल्लो वर्षको बजेटभन्दा केही सानो आकारको हो । अघिल्लो वर्ष अर्ब सो प्रदेशले ३५ करोडको बजेट ल्याएको थियो । 

उक्त बजेटले स्वास्थ्य क्षेत्रमा बाहेक खासै नयाँ केही कार्यक्रम ल्याएको छैन भने ठूला परियोजनाहरुमा लगानी गर्ने योजना बनाएको पनि छैन । कोभिड–१९ को व्यवस्थापन, राहत, उद्दार र केही रणनीतिक महत्वका परियोजनाहरु यसमा समाबेश छन् । त्यसबाहेक रोजगारी अभिवृद्धि गर्ने क्षेत्रमा बजेट बढी केन्द्रित गरिएको छ । 

प्रदेश सरकारले बजेटमार्फत् कोभिड–१९ बाट मृत्यु हुनेलाई १/१ लाख राहत दिने घोषणा गरेको छ । त्यस्तै, प्रदेश अस्पतालमा २०० शैयाको आइशोलेसन कक्ष, ४० वटा आईसीयु र २० वटा भेन्टिलेटर तथा हरेक जिल्ला अस्पतालमा ५० आइसोलेन बेड, १० आईसीयू र ५ भेन्टिलेटर कक्षको निर्माण गर्ने घोषणा गरेको छ । 

त्यस्तै, स्वास्थ्य सेवालाई सहज तुल्याउन स्वास्थ्यकर्मीलाई १०० प्रतिशत र सुरक्षाकर्मी लगायत अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरिएको छ । 

शिक्षातर्फ भर्चुअल शिक्षासम्बन्धी पूर्वाधार निर्माण गर्न ११ करोड रुपैंया विनियोजन गरिएको छ । त्यस्तै, विदेशबाट फर्किने जनसंख्या बढ्दै जाँदा खाद्य संकट सिर्जना हुनसक्ने भन्दै त्यसका लागि ५० करोड रुपैंया विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षभित्र पूर्ण साक्षर बनाउने घोषणा समेत गरिएको छ । 

यो वर्ष सुर्खेत विमानस्थलको स्तारोन्नतिका लागि प्रदेश सरकारले ५० करोड विनियोजन गरिएको छ । त्यस्तै, प्रदेश राजधानीबाट जिल्ला सदरमुकाम जोड्ने सडक स्तरोन्नति गर्न लोकप्रिय जनता सडक कार्यक्रममा १ अर्ब ४२ करोड विनियोजन गरिएको छ । स्थानीय तहको केन्द्रसम्म सडक पुर्याउन सम्बन्धित स्थानीय तहलाई थप बजेट दिने बताइएको छ । 

प्रदेशले चालु आर्थिक वर्षका कुल बजेटमध्ये १५अर्ब ९३ करोड ६७ लाख १९ हजार रुपैंया मात्रै खर्च हुने अनुमान गरेको छ । यो करिब ४६.४० प्रतिशत हो । राजश्वतर्फ भने २९ करोड रुपैंया उठ्ने अनुमान गरिएको छ । यो लक्ष्यको ८३.५ प्रतिशत हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली