२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली प्रदेशद्वारा ३३ अर्ब ७४ करोडको बजेट पस्तुत (पूर्ण पाठसहित)

२०७७, १ असार सोमबार ०९:०७

कर्णाली प्रदेशद्वारा ३३ अर्ब ७४ करोडको बजेट पस्तुत (पूर्णपाठसहित)

असार १, सुर्खेत । कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको हो । 

कुल बजेटमध्ये चालुतर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार (५७ प्रतिशत), पुँजीगततर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख (९ प्रतिशत) रुपैंया बजेट विनियोजन गरेको हो । 

सोमबार बिहान ११ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेटमध्ये आन्तरिक राजश्वबाट ३० करोड ६ लाख ५३ हजार रुपैंया, यो वर्ष खर्च नभइ बाँकी रहेको ११ अर्ब १९ करोड ९ लाख ८५ हजार रुपैंया, संघीय सरकारबाट प्राप्त हुने ७ अर्ब ३९ करोड ५६ लाख रुपैंया, वित्तीय समानीकरणबापत प्राप्त हुने ९ अर्ब ६३ करोड २९ लाख रुपैंया तथा सशर्त अनुदानतर्फ प्राप्त हुने ४ अर्ब ४९ करोड ११ लाख रुपैंयालाई प्रोतको रुपमा देखिाइएको छ । त्यस्तै, समपूरक अनुदानतर्फ २५ करोड २५ लाख र विशेष अनुदान ४६ करोड रुपैंया प्राप्त हुने अनुमान गरिएको छ । 

कर्णाली प्रदेशले ल्याएको यो बजेट अघिल्लो वर्षको बजेटभन्दा केही सानो आकारको हो । अघिल्लो वर्ष अर्ब सो प्रदेशले ३५ करोडको बजेट ल्याएको थियो । 

उक्त बजेटले स्वास्थ्य क्षेत्रमा बाहेक खासै नयाँ केही कार्यक्रम ल्याएको छैन भने ठूला परियोजनाहरुमा लगानी गर्ने योजना बनाएको पनि छैन । कोभिड–१९ को व्यवस्थापन, राहत, उद्दार र केही रणनीतिक महत्वका परियोजनाहरु यसमा समाबेश छन् । त्यसबाहेक रोजगारी अभिवृद्धि गर्ने क्षेत्रमा बजेट बढी केन्द्रित गरिएको छ । 

प्रदेश सरकारले बजेटमार्फत् कोभिड–१९ बाट मृत्यु हुनेलाई १/१ लाख राहत दिने घोषणा गरेको छ । त्यस्तै, प्रदेश अस्पतालमा २०० शैयाको आइशोलेसन कक्ष, ४० वटा आईसीयु र २० वटा भेन्टिलेटर तथा हरेक जिल्ला अस्पतालमा ५० आइसोलेन बेड, १० आईसीयू र ५ भेन्टिलेटर कक्षको निर्माण गर्ने घोषणा गरेको छ । 

त्यस्तै, स्वास्थ्य सेवालाई सहज तुल्याउन स्वास्थ्यकर्मीलाई १०० प्रतिशत र सुरक्षाकर्मी लगायत अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरिएको छ । 

शिक्षातर्फ भर्चुअल शिक्षासम्बन्धी पूर्वाधार निर्माण गर्न ११ करोड रुपैंया विनियोजन गरिएको छ । त्यस्तै, विदेशबाट फर्किने जनसंख्या बढ्दै जाँदा खाद्य संकट सिर्जना हुनसक्ने भन्दै त्यसका लागि ५० करोड रुपैंया विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षभित्र पूर्ण साक्षर बनाउने घोषणा समेत गरिएको छ । 

यो वर्ष सुर्खेत विमानस्थलको स्तारोन्नतिका लागि प्रदेश सरकारले ५० करोड विनियोजन गरिएको छ । त्यस्तै, प्रदेश राजधानीबाट जिल्ला सदरमुकाम जोड्ने सडक स्तरोन्नति गर्न लोकप्रिय जनता सडक कार्यक्रममा १ अर्ब ४२ करोड विनियोजन गरिएको छ । स्थानीय तहको केन्द्रसम्म सडक पुर्याउन सम्बन्धित स्थानीय तहलाई थप बजेट दिने बताइएको छ । 

प्रदेशले चालु आर्थिक वर्षका कुल बजेटमध्ये १५अर्ब ९३ करोड ६७ लाख १९ हजार रुपैंया मात्रै खर्च हुने अनुमान गरेको छ । यो करिब ४६.४० प्रतिशत हो । राजश्वतर्फ भने २९ करोड रुपैंया उठ्ने अनुमान गरिएको छ । यो लक्ष्यको ८३.५ प्रतिशत हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश