२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन बुझ्न समस्या

२०७७, २ असार मंगलवार ०४:२९

असार २, बैतडी। करिब तीन महिनादेखि सीमानाका बन्दा हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको छ ।  भारतीय सेनाबाट सेवानिवृत्त भएका र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको हो । भारतीय पेन्सनधारीको पेन्सनवापतको पैसा भारतीय बैंकमै आउने गर्दछ । 

जारी लकडाउनका कारण सीमानाका बन्द भएपछि गएको तीन महिनायता पेन्सन नपाएको डिलाशैनी–६ का रतनसिंह मालले बताउनुभयो । सीमानाका बन्द हुँदा धेरै समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरसका कारण सीमानाका बन्द हुँदा पेन्सन बुझ्न भारतीय बैंकमा जान पाएको छैन ।”

सीमानाका बन्द हुँदा पेन्सन बुझ्न नपाएको र यसले दैनिक घरधन्दा चलाउन नै मुस्किल भएको डिलाशैनी–६ कै जयबहादुर मालले बताउनुभयो । उहाँले भन्नुभयो, “मासिक आउने पेन्सनले घरपरिवार चलाइरहेको थिएँ, लकडाउनले सीमापुल बन्द भएपछि निकै समस्या भएको छ ।”

बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले यो जिल्लाका धेरै नागरिक भारतीय सेनाबाट निवृत्त भएका छन् । उनीहरुले मासिकरूपमा पेन्सन पाउँदै आएका भए पनि लकडाउनका कारण पछिल्लो तीन महिनायता पेन्सन पाउन सकेका छैनन् । 

भारतबाट पेन्सन बुझ्ने नेपालीहरुलाई नाकाबाट प्रवेश गराई समस्या समाधानका लागि भारतको पिथौरागढ जिल्लाका डिएमसँग आफूले कुराकानी र समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । “सीमानाका दुई देशको सहमतिले खुल्ने कुरा हो हामीले चाहेर मात्रै सक्दैनौँ”, उहाँले भन्नुभयो, “भारतीय पक्षले सहमति जनाएपछि हाम्रोतर्फबाट नि तयारी गर्छौँ ।”

बैतडीबाट मात्रै करिब दुई हजार बढी नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण गत चैत ११ गतेदखि सीमानाका बन्द छन् ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो