१५ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पशुपतिनाथको मन्दिर सरसफाइ र खानेपानीसम्बन्धी परियोजनामा सम्झौता

२ असार २०७७, मंगलवार ०४:३९

असार २, काठमाडौँ । पशुपतिनाथको मुख्य मन्दिर परिसरमा सरसफाइ र खानेपानीसम्बन्धी परियोजना सञ्चालन गर्न सम्झौता भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेल, काठमाडौँ महानगरका तर्फबाट पूर्वाधार विकास विभागका प्रमुख राम थापा र भारतीय दूतावासका तर्फबाट डेभलपमेन्ट को–अपरेशन काउन्सिलर डा प्रफुल्लचन्द्र शर्माले हस्ताक्षर गर्नुभयो ।

भारत सरकारको सहयोगमा सञ्चालन हुने साना विकास परियोजनाअन्तर्गत भारतीय दूतावासको रु तीन करोड ७२ लाख ३१ हजार १६२ र काठमाडौँ महानगरको रु एक करोड ४५ लाख ७९ हजार १४४  लागत सहभागिता रहने परियोजनाको लागत रु पाँच करोड १८ लाख १० हजार ३०६ रहेको छ । सम्झौताबमोजिम परियोजनाको सञ्चालन पशुपति क्षेत्र विकास कोष, परियोजना कार्यान्वयन काठमाडौँ महानगरपालिका र अनुगमन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछन् ।

शहरी समृद्धिका लागि पूर्वाधार निर्माण, वातावरणीय सुधार, सामाजिक तथा आर्थिक पुनरुत्थानका काममा महानगरले आफ्नै स्रोतमा पनि धेरै काम गरिरहेको छ । परियोजना सञ्चालनका विषयमा प्रतिक्रिया दिँदै कामपाका सहसचिव राजेश्वर ज्ञवालीले धेरै जनताले लाभ पाउने परियोजनामा साझेदारिताको प्रस्ताव लिएर आउने साझेदारलाई कामपाले प्रोत्साहन गर्ने बताउनुभयो ।

सम्झौतापछि परियोजनाका बारेमा मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुखले कँडेलले भन्नुभयो, “पशुपतिनाथ दर्शन गर्न जाने श्रद्धालुलाई मन्दिर परिसरको वातावरणीय अवस्थाले नकारात्मक समस्या नपरोस् र सुविधामा समस्या नहोस् भनेर सुधारात्मक परियोजना सञ्चालन गर्न थालिएको हो ।”

साना–साना परियोजनाबाट नेपाल र भारतका जनता–जनतास्तरमा सुमधुर सम्बन्ध रहोस् भन्ने उद्देश्यले सहकार्य गरिएको काउन्सिलर शर्माले बताउनुभयो । परियोजनामा खानेपानी वितरण प्रणाली सुधार, ढल निर्माण, सरसफाइ तथा फोहरमैला व्यवस्थापनको काम हुनेछ । परियोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल : मिलान्थाको सानदार ब्याटिङमा जनकपुर बोल्ट्स विजयी पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाउन प्रचण्डको जोड चीनसँग आर्थिक साझेदारी वृद्धि गर्ने कुरामा छलफल भयो: मन्त्री आरजु राणा चीन भ्रमण अघि पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया: बीआरआईबारे विवाद अनावश्यक एनपीएल : विराटनगर किङ्सले दियो जनकपुर बोट्ल्सलाई १२८ रनको लक्ष्य एनपीएल : उद्घाटन खेलमा विराटनगर किङ्स ब्याटिंग गर्दै राजनीतिका नयाँ अनुहार लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल हुन् : प्रचण्ड छेन्दुमा मन्त्री राणाको प्रतिबद्धता: नेपालमा चीन विरोधी गतिविधि हुने छैन् सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता तारकेश्वरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु जसपा नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन दिवङ्गत पितृका नाममा पशुपतिनाथलगायत शिवालय क्षेत्रमा शतबीज छरियो (फोटो फिचर) क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? आज काठमाडौंका यी स्थानमा बिजुली काटिने परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै एनपिएलको उद्घाटन खेलमा आज जनकपुर र विराटनगर भिड्दै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना यी हुन् रामेछाप जिप दुर्घटनाका मृतक र घाइते असईद्वारा आफैंमाथि गोली प्रहार: ४ वर्षअघि इन्सपेक्टरलाई पनि ताकेका थिए पेस्तोल