२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बर्षको एकपटक अनुदानको नुन पाएपछि स्थानियबासि खुसी

२०७७, ५ असार शुक्रबार ०३:१२

दान बहादर बुढा | असार ५, मुगु | सुनको सिरानी गरेर नुनको खोजि गर्ने कर्णाली बासीहरु हिजोआज बर्षको एकापटक नेपाल सरकारको अनुदानको भानु नुन पाएपछि बिकट हिमाली जिल्ला मुगुको सोरु गाँउपालिकाका स्थानिय जनताहरु निकै खुसी भएका छन ।

नेपाल सरकारले बिकट हिमाली जिल्लामा अनुदानको भानु आयोडिन नुन प्रत्यक बर्ष बितरण गर्दै आएपन्नी यो बर्ष बिश्वभरी फैलिएको महामारी कोरोना भाईरस कोभिड १९ बाट बच्न  र बचाउनको लागी गरिएको सरकारको लकडाउनको कारण असारको पहिलो हप्ता सरकारी अनुदानको आयोडिन नुन  खत्याड गाँउपालिकामा रहेका एक वडादेखी एघार वडा सम्मका  ३ हजार ६ सय ४७ घर परिवारले घर दैलोमा नुन पाउदा निकै खुसी भएका छन ।


बिगतका बर्षहरुमा आयोडिन नुन पाईदैनन् थियो । ढिके (डल्लो)नुन तिब्बतको ताउलाखारा भारतको रुपडिया नेपालगंन्ज, सुर्खेत, दैलेखसम्म पुगेर नुन ल्याएर खाने गरेका थियौं । पछिल्ला बर्षहरुमा सरकारले आयोडिन नुन अनुदानबाट पाउदै आएका छौं । यो बर्ष एकबर्ष पछि मात्र प्रत्यक घर धुरीलाई २५ पोका नुन पाउदा निकै खुसी लागेको खत्याड गाँउपालिका वडा नम्बर ४का भिम बहादुर थापाले बताएका छन ।


प्रत्यक बर्षको फाल्गुन महिना तिर सरकारको आयोडिनयुक्त नुन बितरण गर्दै आउने गरेको थियो तर यो बर्ष कोरोना भाईरस संक्रमण हुनु भन्दा पहिले मुगु जिल्लाका तीन स्थानिय तह मुगमकामारोङ्ग गाँउपालिका, सोरु गाँउपालिका, छायानाथ रारा नगरपालिकामा सरकारी अनुदानको नुन बितरण गरि सकेको र कोरोना भाईरस कोभिड १९ले गर्दा सरकारको लकडाउनको कारण यो बर्ष खत्याड गाँउपालिकाको नुन बितरणमा केही ढिला भएको र सरकारको अनुदान नुन प्रत्यक घर धुरीलाई २५ केजि ९ रुपैयाको दरले  खत्याड गाँउपालिकामा रहेका ३ हजार ६ सय ४७ घर परिवार, सुरक्षा कर्मी, कर्मचारी बिद्यालय शिक्षक, संघ-सस्थाका कर्मचारीहरुलाई मिलाएर आयोडिन भानु नुन बितरण गरिएको साल्ट टेडिङ्ग कपोरेसन निमिटेड मुगुका डिपो प्रमुख खगेन्द्र कार्कीले जानकारी गराएका  छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश