११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान, यस्तो छ कारण

५ असार २०७७, शुक्रबार १६:१८

असार ५, काठमाडौँ । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान भएका छन् । 

अन्तर्राष्ट्रियतर्फ तीन कार्गोसहित नौ र आन्तरिकतर्फ पाँच चार्टर्ड तथा कार्गो उडान भएका विमानस्थलले जनाएको छ । सम्भवतः बन्दाबन्दीपछिको सबैभन्दा धेरै उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ पछि बन्दाबन्दीको अवधि जेठ ३२ र पछिल्ला उडानमध्ये सम्भवतः आज धेरै उडान हो, बन्दाबन्दीको दोस्रो र तेस्रो साता यात्रु चार्टर्ड र कार्गो गरी दैनिक सरदर पाँचदेखि सात अन्तर्राष्ट्रिय उडान भएका थिए ।” 

महाप्रबन्धक केसीका अनुसार सामान्य अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक दुवै गरी ५०० देखि ५५० उडान हुन्थे । यसमा अन्तर्राष्ट्रियतर्फ उडान तथा अवतरण गरी करिब १०० र आन्तरिकमा झण्डै ३५० उडान हुने गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि नेपालमा पनि झण्डै तीन महिना बन्दाबन्दी भयो । अहिले पनि बन्दाबन्दी पूर्णरुपमा खुलिसकेको छैन । यो अवधिमा अन्तर्राष्ट्रिय हवाई उडान पनि हाललाई स्थगित गरिएको छ । पछिल्लो पटक हवाई प्रतिबन्ध जेठलाई असारको अन्तिम सातासम्मका लागि लम्ब्याइएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई साताअघि कूटनीतिक माध्यमबाट हुने बाहेकका सबै व्यावसायिक चार्टर्ड उडान बन्द गरेको छ । तथापि विभिन्न मुलुकमा अलपत्र नेपाली स्वदेश फर्काउन पछिल्लो पटक १० दिनका लागि चार्टर्ड उडान गर्न दिइएको हो ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै नेपालका तर्फबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उद्धार उडान गरी नेपाली ल्याइरहेका छन् । दुवै एयरलाइन्सले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्टर्ड उडानको कार्यतालिका बनाएर धमाधम उडान गरिरहेका हुन् ।

आज मात्रै नेपाल एयरलाइन्सले दुबईबाट १४८ नेपाली ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १५३ नेपाली ल्याएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यसैगरी जजिरा एयरले कुवेतबाट १५० नेपाली चार्टर्ड उडानमार्फत नेपाल ल्याएको छ । यस्तै कतार एयरवेजले दोहाबाट ४३ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सका तीन जहाजले आज दोहाबाट कार्गो उडान गरी काठमाडौँ ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

यता हिमालयकै न्यारोबडी जहाजले आज साँझ माल्दिभ्सबाट नेपाली काठमाडौँ ल्याएको छ । यात्रु सङ्ख्याको विवरण आएको छैन । अन्तराष्ट्रिय विमानस्थलबाट साँझ ७ः०० बजे इटाली एयरलाइन्सले ९२ यात्रु लिएर इटाली प्रस्थान गर्ने तालिका छ । नेपाल एयरलाइन्सले जापानको नारिताका लागि राति ९ः०० बजे उडान भर्ने तालिका रहेको छ ।

आन्तरिकतर्फ आज श्री एयरको हेलिकोप्टरले बाग्लुङ, तारा एयरले भैरहवा, समिट एयरले लुक्ला, कैलाश हेलिकोप्टरले लाङटाङ  र बुद्ध एयरको लोकल पीपीसी उडान भएको विमानस्थलले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ सम्म विदेशी एयरलाइन्सलाई उडान दिइएको छ । निगमको पहिलो उडानमा वाइड बडी जहाजले बङ्गलादेशबाट २५८ नेपाली उद्धार गरी नेपाल ल्याएको थियो । निगमले जुन १५ देखि जुन २९ सम्मको उद्धार उडानको नयाँ कार्यतालिका बनाएको छ । बिहीबार आठ उडान भएका थिए ।

कतारमा आममाफी पाएका ४३ नेपाली फर्किए  

विमानस्थलका अनुसार आज भएको अन्तर्राष्ट्रिय उडानमध्ये कतारमा आममाफी पाएका ४३ नेपाली कामदार स्वदेश फर्किएका छन् । कतार एयरवेजको जहाजमार्फत उनीहरु दिउँसो काठमाडौँ आइपुगेका हुन् । कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाइएको छ । सोही जहाजमा कतारमा बन्दाबन्दीको अवधिमा मृत्यु भएका २० र हिमालयको कुवेत तथा माल्दिभ्सबाट एक÷एक नेपालीको शव पनि ल्याइएको छ । यस्तै नेपाल एयरलाइन्सले दुबईबाट एक शव ल्याएको थियो । जजिरा एयरलाइन्सले कुबेतबाट दुई शव ल्याएको थियो । शनिबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान गर्दैछन् भने विदेशी एयरलाइन्सले पनि उडान भर्ने जनाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली