८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धान खेतीभन्दा बढी आम्दानी हुने भएपछि निजी वनमा किसानको आकर्षण

६ असार २०७७, शनिबार ०६:०८

असार ६, भद्रपुर। झापामा धान खेत मासेर किसानले निजी वन लगाउन थालेका छन् । किसानले पछिल्लो समय निजी वनलाई बहुउत्पादनमूलक वनाएका छन् । जसबाट धान खेतीभन्दा बढी आम्दानी हुने गरेको छ । झापामा यस्ता किसानको सङ्ख्या ४३० पुगिसकेको छ ।

तीस वर्षदेखिको जुत्ता चप्पलको व्यापार छाडेर काठमाडौँबाट गाउँ फर्किएका कनकाई नगरपालिका–६ का शान्तिराज प्रसाईले चार बिगाहा धान खेतलाई निजी कृषि वनमा रुपान्तरण गर्नुभएको छ । उहाँले कृषि वनमा टिक, मसला, रक्तचन्दन र पाउलेनियाका विरुवा हुर्काउनु भएको छ । “दिनमा एकपल्ट वनमा नगई चित्त बुझ्दैन, हरियाली बढेको छ, चरा चिरबिराउँछन्,” सात वर्षदेखि कृषि वनमा रमाउनु भएका उहाँ भन्नुहुन्छ, “धान मात्र बाली होइन, अरु फलफूल लगाउँदा त्योभन्दा धेरै आम्दानी हुन्छ भनेर यता लागेको हुँ ।” उहाँले हुर्किदै गरेका ठूला रुख भएको वनभित्रै बेसार, केरा, मेवा, कागती, लिची, आप, अनारलगायत विभिन्न जातका फलफूलका बगैँचासमेत लगाउनुभएको छ । कृषि वनको जगेर्नाका लागि उहाँले पाथीभरा अग्र्यानिक कृषि प्रोडक्सन प्रालि नामक संस्था दर्ता गर्नुभएको छ । “गर्दा हुँदोरहेछ, धान खेत मासेर कृषि वन शुरु गरे, सन्तुष्ट छु्,”, उहाँले भन्नुभयो, “अब वनभित्रै कुखुरा र हाँस पनि पाल्ने तयारीमा छु । थोरै जमिनबाट बहुआयमिक उत्पादन गर्न सकिँदोरहेछ ।”

शिवसताक्षी नगरपालिका–५ लामाटोलका किसान दयानन्द दाहाल, कनकाई नपा–६ का मोहनप्रसाद सुवेदीलगायतका किसानले पनि धान खेत मासेर वनसँगै कृषिजन्य उत्पादन गरिरहनु भएको छ । गौरादह–६ का दुर्गा प्रसाई निजी कृषि वन व्यवसायीे संस्थाको जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँले बुवाबाट अंशमा पाएको पाँच विगाहा जमिनमा धान खेत मासेरै कृषि वनको परियोजना सञ्चालन गर्नुभयो । उहाँको वनमा यतिबेला टिक र मसलालगायतका विरुवा हुर्किसकेका छन् भने वनभित्रै काँक्रा, फर्सी, करेला, कागतीसमेत फलाउनुभएको छ । उहाँले वनभित्रै पाडा र स्थानीय कुखुरा पाल्नुभएको छ । उहाँका दुई भाइले दाजुको सिको गर्दै कृषि वनसँगै व्यावसायिक माछापालन, बङ्गुर र पाडा पालेका छन् । झापा उद्योग बाणिज्य सङ्घका पूर्वउपाध्यक्ष मोहनप्रसाद सुवेदीले मुलुकमा जस्तोसुकै सङ्कट आउँदा पनि कृषि पेशा नै भरपर्दो र बलियो देखिएको बताउनुभयो । उहाँले धान लगाउँदा उत्पादन कम र मजदूर अभाव हुने बताउँदै किसानले धान खेत मासेर धमाधम कृषि वनका रुपमा विकास गर्न थालेको बताउनुभयो । कनकाई–६ मा उहाँको पनि निजी कृषि वन छ ।

नेपाल सरकारले निजी कृषि वनलाई थप प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण गर्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । शुक्रवार कृषि ज्ञान केन्द्रका प्रमुख निलमणि साहसहित वनका कर्मचारी लिएर जिल्लाका निजी कृषि वन अनुगमनमा निस्कनु भएका घिमिरेले उनीहरुलाई विभिन्न जातका विरुवा वन कार्यालयले निःशुल्क प्रदान गर्ने जानकारी दिनुभयो । उहाँले कार्यालयले व्यावसायिकरुपमा काम गरिरहेका किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आवश्यकता हेरेर दुईदेखि पाँच लाख रुपैयाँको कृषि औजार खरिदमा अनुदान दिइने बताउनुभयो । वनलाई बहुउत्पादनमूलक वनाउन कार्यालयले प्रोत्साहित गरिरहेको छ । केन्द्रका झापा प्रमुख निलमणि साहले निजी कृषि वनमा लागेका किसानलाई प्राविधिक सहयोग र फलफूलका विरुवा वितरण गरिने बताउनुभयो । उहाँले थोरै जमिनमा गरिने बहुआयामिक कृषि प्रणालीबाट धेरै आम्दानी गर्न सकिने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता