२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धान खेतीभन्दा बढी आम्दानी हुने भएपछि निजी वनमा किसानको आकर्षण

२०७७, ६ असार शनिबार ०६:०८

असार ६, भद्रपुर। झापामा धान खेत मासेर किसानले निजी वन लगाउन थालेका छन् । किसानले पछिल्लो समय निजी वनलाई बहुउत्पादनमूलक वनाएका छन् । जसबाट धान खेतीभन्दा बढी आम्दानी हुने गरेको छ । झापामा यस्ता किसानको सङ्ख्या ४३० पुगिसकेको छ ।

तीस वर्षदेखिको जुत्ता चप्पलको व्यापार छाडेर काठमाडौँबाट गाउँ फर्किएका कनकाई नगरपालिका–६ का शान्तिराज प्रसाईले चार बिगाहा धान खेतलाई निजी कृषि वनमा रुपान्तरण गर्नुभएको छ । उहाँले कृषि वनमा टिक, मसला, रक्तचन्दन र पाउलेनियाका विरुवा हुर्काउनु भएको छ । “दिनमा एकपल्ट वनमा नगई चित्त बुझ्दैन, हरियाली बढेको छ, चरा चिरबिराउँछन्,” सात वर्षदेखि कृषि वनमा रमाउनु भएका उहाँ भन्नुहुन्छ, “धान मात्र बाली होइन, अरु फलफूल लगाउँदा त्योभन्दा धेरै आम्दानी हुन्छ भनेर यता लागेको हुँ ।” उहाँले हुर्किदै गरेका ठूला रुख भएको वनभित्रै बेसार, केरा, मेवा, कागती, लिची, आप, अनारलगायत विभिन्न जातका फलफूलका बगैँचासमेत लगाउनुभएको छ । कृषि वनको जगेर्नाका लागि उहाँले पाथीभरा अग्र्यानिक कृषि प्रोडक्सन प्रालि नामक संस्था दर्ता गर्नुभएको छ । “गर्दा हुँदोरहेछ, धान खेत मासेर कृषि वन शुरु गरे, सन्तुष्ट छु्,”, उहाँले भन्नुभयो, “अब वनभित्रै कुखुरा र हाँस पनि पाल्ने तयारीमा छु । थोरै जमिनबाट बहुआयमिक उत्पादन गर्न सकिँदोरहेछ ।”

शिवसताक्षी नगरपालिका–५ लामाटोलका किसान दयानन्द दाहाल, कनकाई नपा–६ का मोहनप्रसाद सुवेदीलगायतका किसानले पनि धान खेत मासेर वनसँगै कृषिजन्य उत्पादन गरिरहनु भएको छ । गौरादह–६ का दुर्गा प्रसाई निजी कृषि वन व्यवसायीे संस्थाको जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँले बुवाबाट अंशमा पाएको पाँच विगाहा जमिनमा धान खेत मासेरै कृषि वनको परियोजना सञ्चालन गर्नुभयो । उहाँको वनमा यतिबेला टिक र मसलालगायतका विरुवा हुर्किसकेका छन् भने वनभित्रै काँक्रा, फर्सी, करेला, कागतीसमेत फलाउनुभएको छ । उहाँले वनभित्रै पाडा र स्थानीय कुखुरा पाल्नुभएको छ । उहाँका दुई भाइले दाजुको सिको गर्दै कृषि वनसँगै व्यावसायिक माछापालन, बङ्गुर र पाडा पालेका छन् । झापा उद्योग बाणिज्य सङ्घका पूर्वउपाध्यक्ष मोहनप्रसाद सुवेदीले मुलुकमा जस्तोसुकै सङ्कट आउँदा पनि कृषि पेशा नै भरपर्दो र बलियो देखिएको बताउनुभयो । उहाँले धान लगाउँदा उत्पादन कम र मजदूर अभाव हुने बताउँदै किसानले धान खेत मासेर धमाधम कृषि वनका रुपमा विकास गर्न थालेको बताउनुभयो । कनकाई–६ मा उहाँको पनि निजी कृषि वन छ ।

नेपाल सरकारले निजी कृषि वनलाई थप प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण गर्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । शुक्रवार कृषि ज्ञान केन्द्रका प्रमुख निलमणि साहसहित वनका कर्मचारी लिएर जिल्लाका निजी कृषि वन अनुगमनमा निस्कनु भएका घिमिरेले उनीहरुलाई विभिन्न जातका विरुवा वन कार्यालयले निःशुल्क प्रदान गर्ने जानकारी दिनुभयो । उहाँले कार्यालयले व्यावसायिकरुपमा काम गरिरहेका किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आवश्यकता हेरेर दुईदेखि पाँच लाख रुपैयाँको कृषि औजार खरिदमा अनुदान दिइने बताउनुभयो । वनलाई बहुउत्पादनमूलक वनाउन कार्यालयले प्रोत्साहित गरिरहेको छ । केन्द्रका झापा प्रमुख निलमणि साहले निजी कृषि वनमा लागेका किसानलाई प्राविधिक सहयोग र फलफूलका विरुवा वितरण गरिने बताउनुभयो । उहाँले थोरै जमिनमा गरिने बहुआयामिक कृषि प्रणालीबाट धेरै आम्दानी गर्न सकिने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश