२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलस्तुमा १२ लाख बिरुवा उत्पादन

२०७७, ८ असार सोमबार ०४:५५

असार ८, कपिलवस्तु । जिल्लामा वृक्षरोपणका लागि १२ लाख बिरुवा उत्पादन गरिएको छ । जिल्लामा रहेका दुई डिभिजन वन कार्यालयले  बिरुवा उत्पादन गरेका हुन् । कपिलवस्तु डिभिजन वन कार्यालय तौलिहवाले ६ लाख ७९ हजार र गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटाले करीब पाँच लाख बिरुवा उत्पादन गरिएको जनाएका छन् ।

केही वर्षयता कपिलवस्तुमा वृक्षरोपणको लहर नै चलेको छ । सरकारले चालु आर्थिक वर्षका लागि घोषणा गरेको राष्ट्रि«य वृक्षरोपण वर्षका लागि कपिलवस्तुमा १२ लाख बिरुवा उत्पादन गरिएको हो । प्रदेश सरकारको सहयोगमा विभिन्न कार्यक्रमअन्तर्गत कपिलवस्तुका विभिन्न स्थानमा रहेका नर्सरीमा फलफूल, शोभनीय, अम्रिसोसहित विभिन्न प्रजातिका बिरुवा उत्पादन भएका छन् । 

वन दशकको नारा एक व्यक्ति एक रुख, एक नगर एक उद्यान तथा एक गाउँ एक वनलाई आधार बनाएर काम गरिएकाले बिरुवाको माग अत्यधिक बढेको डिभिजन वन कार्यालयका प्रमुख ईश्वरी पौडेलले बताउनुभयो । त्यस्तै गौतम बुद्ध डिभिजन वन कार्यालयका डिभिजनल प्रमुख दुर्गाबहादुर कार्र्कीले वृक्षरोपण वर्ष र वन दशक  सफल पार्न यस वर्ष पाँच लाखको हाराहारीमा बिरुवा उत्पादन गरिएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश