८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलस्तुमा १२ लाख बिरुवा उत्पादन

८ असार २०७७, सोमबार ०४:५५

असार ८, कपिलवस्तु । जिल्लामा वृक्षरोपणका लागि १२ लाख बिरुवा उत्पादन गरिएको छ । जिल्लामा रहेका दुई डिभिजन वन कार्यालयले  बिरुवा उत्पादन गरेका हुन् । कपिलवस्तु डिभिजन वन कार्यालय तौलिहवाले ६ लाख ७९ हजार र गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटाले करीब पाँच लाख बिरुवा उत्पादन गरिएको जनाएका छन् ।

केही वर्षयता कपिलवस्तुमा वृक्षरोपणको लहर नै चलेको छ । सरकारले चालु आर्थिक वर्षका लागि घोषणा गरेको राष्ट्रि«य वृक्षरोपण वर्षका लागि कपिलवस्तुमा १२ लाख बिरुवा उत्पादन गरिएको हो । प्रदेश सरकारको सहयोगमा विभिन्न कार्यक्रमअन्तर्गत कपिलवस्तुका विभिन्न स्थानमा रहेका नर्सरीमा फलफूल, शोभनीय, अम्रिसोसहित विभिन्न प्रजातिका बिरुवा उत्पादन भएका छन् । 

वन दशकको नारा एक व्यक्ति एक रुख, एक नगर एक उद्यान तथा एक गाउँ एक वनलाई आधार बनाएर काम गरिएकाले बिरुवाको माग अत्यधिक बढेको डिभिजन वन कार्यालयका प्रमुख ईश्वरी पौडेलले बताउनुभयो । त्यस्तै गौतम बुद्ध डिभिजन वन कार्यालयका डिभिजनल प्रमुख दुर्गाबहादुर कार्र्कीले वृक्षरोपण वर्ष र वन दशक  सफल पार्न यस वर्ष पाँच लाखको हाराहारीमा बिरुवा उत्पादन गरिएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता