२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ महानगरपालिका भित्रकै वस्ती विकासको ओझेलमा

२०७७, ८ असार सोमबार ०५:००

असार ८, काठमाडौँ । काठमाडौँ महानगरपालिका सङ्घीय सरकारको राजधानी भएको स्थल हो । महानगरपालिकामा यस्ता पनि ठाउँ छन् जहाँ आधारभूत सुविधासमेत पुग्न सकेको छैन । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने महानगरपालिका–६ स्थित सिमल्टार नामक बस्ती ओझेलमा परेको स्थानीवासीको गुनासो छ । करिब ५०० घर र पाँच हजारभन्दा बढीको जनसङ्ख्या बसोबास गर्ने सिमल्टारको विकास निर्माणमा वडा एवं महानगरपालिकाको ध्यान नगएको साहित्यकार रामकुमार पण्डितले बताउनुभयो । 

कुना काप्चामा परेको भागको सन्तुलित विकास गर्ने उद्देश्यले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा तीन तहको सरकार गठन भए पनि राजधानीकै काँठ क्षेत्रका विकासमा जनप्रतिनिधिको ध्यान जान सकेको छैन । जनप्रतिनिधि मत केन्द्रित राजनीतिमै रमाइरहेका छन् । यस्ता स्थलको विकासमा कुनै पनि दलको ध्यान जाने गरेको छैन । अहिलेसम्म सिमल्टारबाट वडा तहमा निर्वाचन लड्नसमेत कुनै दलबाट स्थानीयवासीले टिकट समेत पाउँदैनन् भन्ने गुनासोसमेत यहाँका बासिन्दाको छ ।

महानगरपालिका–६ मा विश्वमै चर्चित ऐतिहासिक एवं सांस्कृतिकस्थल बौद्ध पर्छ । बौद्ध क्षेत्रमा स्थानीयवासीको सांस्कृतिक गुठी छ । तिनै गुठीका सदस्यको मत स्थानीय निर्वाचनमा निर्णायक हुने भएकाले परका बस्ती ओझेलमा पर्ने गरेको हो । जनप्रतिनिधि मतको राजनीतिभन्दा माथि उठ्न सकेनन् भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति नै वितृष्णा फैलने भएकाले सचेत हुनुपर्ने स्थानीयवासी विश्वराम पुडासैनी बताउनुहुन्छ ।

सिमल्टारमा सडक राम्रो छ्रैन । सडक बत्ती बिग्रिएको वर्षौं भए पनि बनाउनेतिर कसैको ध्यान गएको छैन । ढलको राम्रो प्रबन्ध छैन । खानेपानीको समेत समस्या छ । न्यूरोड, दरबारमार्गकै जत्ति कर तिर्ने सिमल्टारवासी सुविधामा भने त्यहाँका मानिसभन्दा फरक अनुभव गरेकोप्रति महानगरपालिकाको समेत ध्यान गएको देखिँदैन ।

विगत तीन वर्षमा वर्षमा वडाले सबैभन्दा बढी काम सिमल्टारमा गरेको वडाध्यक्ष दीपेन्द्रकुमार लामा बताउनुहुन्छ । यस वर्ष पनि त्रिवेणी मार्गमा ढलान भइरहेको, ब्लक छाप्ने काम भइरहेको बताउनुहुन्छ । महामृत्युञ्जय मन्दिर क्षेत्रमा खानेपानी, ढल, सडक बत्तीको काम भइरहेको पनि उहाँले जानकारी गराउनुभयो । विगतमा सिमल्टार महानगरपालिकाकै विकट बस्तीका रूपमा रहेको वडा कार्यालयले जनाएको छ । कुनै ठाउँमा केही काम गर्नुपर्नेमा ध्यान जान नसकेको भए वडा कार्यालयमा जानकारी गराउन पनि वडाध्यक्ष लामाको आग्रह छ ।

समग्र वडाको समुचित विकास गर्न वडा कार्यालय लागिपरेको जनाइएको छ । बन्दाबन्दीका बेलामा राहत वितरणमा समेत वडा कार्यालय सिमल्टार क्षेत्रलाई प्राथमिकतामा राखेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो