८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लकडाउनमै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाए

८ असार २०७७, सोमबार ०७:०९

असार ८, गलकोट। बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाएका छन् । कोरोना सन्त्रासका बीच जारी बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम जेठ पहिलो सातादेखि शुरु भएको थियो । 

सो कार्यक्रमअन्तर्गत पदमार्ग, गोरेटो बाटो, सडक मर्मत तथा सिँचाइ कुलो निर्माण गरिएको छ । बाहिरबाट कामदार नल्याई स्थानीयलाई नै रोजगारी प्रदान गरी विकास निर्माणका काम गरिएको नगरपालिकाका रोजगार संयोजक सविता शर्माले जानकारी दिनुभयो । “१४ मध्ये केही वडामा कार्यक्रम सम्पन्न भइसकेको छ, केही वडामा अन्तिम चरणमा छ”, शर्माले भन्नुभयो “नगरमा यो वर्ष २१४ जानले रोजगारी पाए, बन्दाबन्दीमै रोजगार पाउदा वेरोजगार भएकाहरुलाई राहत भएको छ ।” 

राहत वितरण भन्दा रोजगार कार्यक्रमअन्तर्गत सामाजिक दूरी कायम गरी काममा लगाउने निर्णयअनुसार रोजगारी दिइएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।  नौ नम्बर वडाले पेश गरेको प्रस्तावना रोजगारी सिर्जना गर्न नमिलेको भन्दै अस्वीकृत भएको हो । नगरपालिकाको बेरोजगार सूचीमा दुई हजार ३५० जना सूचीकृत छन् । अति विपन्न तथा परिवारनै बेरोजगार भएकालाई प्राथमिकता दिइएको छ ।

बन्दाबन्दीमा काम पाउँदा कामदारहरु हर्षित भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकालाई प्राप्त रु ३६ लाख २६ हजारको बजेटबाट ७५ प्रतिशत श्रमिकलाई ज्याला र २५ प्रतिशत निर्माण तथा मजदुर सुरक्षा सामग्रीमा खर्च गरिने कार्य विधिमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता