८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वतको पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापना गर्ने गृहको निर्णय

९ असार २०७७, मंगलवार ०५:३२

असार ९, पर्वत। पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गत जेठ ३१ मा गएको विनाशकारी पहिरोका पिडीतलाई गृहमन्त्रालयले थप राहत दिने र पुनःस्थापना गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापनाका लागि घर बनाउन थप राहत दिने निर्णय गरेको हो । 

पहिरोको स्थलगत अनुगमनबाट फर्केपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विशेष पहलपछि गृहमन्त्रालयले राहत र पुनःस्थापना गर्ने निर्णय गरेको गृहले जानकारी दिएको छ । यसअघि जिल्ला विपद् व्यवस्थापन समितिले मृतकका परिवारलाई राहत दिएको थियो । समितिले हरेक मृतकलाई रु एक लाख दिन सक्छ । गृह मन्त्रालयले यसबाहेक थप रकम दिने निर्णय गरेको हो । 

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका उपसचिव गणेशविक्रम शाहीका अनुसार पहिरोमा विस्थापित १३ घरपरिवारलाई तुरुन्त अस्थायी घर निर्माण गर्नका लागि प्रतिघरपरिवार रु ५० हजारका दरले रकम उपलब्ध गराउने  निर्णय भएको ।  उक्त रकमबाट अस्थायी घर निर्माण गर्न रकम अपुग भएमा थप रु ५० हजार उपलब्ध गराउने निर्णय पनि गरेको छ । थप रकम उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिले सिफारिस गर्नुपर्ने उहाँले बताउनुभयो । 

यसैगरी पहिरोबाट अति जोखिमा परेका घरपरिवारलाई बस्ती स्थानान्तरण गर्नुपर्ने वा नपर्ने विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन खानी तथा भूगर्भ विभागलाई  जिम्मा दिने निर्णय पनि गरेको छ ।

बस्ती स्थानान्तरण गर्नुपर्ने भए लागत स्टिमेटसहितको कार्ययोजना तयार गरी शहरी विकास मन्त्रालयले कार्य शुरु गर्ने निर्णयसमेत भएको छ । बस्ती स्थानान्तरण गर्न नपर्ने भए पहिरोलाई नियन्त्रण गर्न र बस्तीलाई संरक्षण गर्नका लागि आवश्यक कार्य गर्न ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई जिम्मा दिने निर्णय भएको उपसचिव शाहीले बताउनुभयो । 

कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा परी दुई घरपरिवारका नौ जनाको मृत्यु भएको थियो । पहिरोले एक घर आधा भत्किएको छ । पहिरोबाट १३ घरपरिवार विस्थापित भएको छ । पीडितहरुलाई विभिन्न सामाजिक सङ्घसंस्था र व्यक्तिले समेत निरन्तर सहयोग गरिरहेका छन् । 

पहिरो गएको भोलिपल्टै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, सङ्घीय सांसद पदम गिरी, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले स्थलगत अनुगमन गरेर विस्थापितलाई राहत र पुनःस्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

चार लाखको अक्षयकोष स्थापना

पर्वतको महाशीला गाउँपालिकामा करिब रु चार लाखको कृष्णगोपाल स्मृति अक्षयकोष स्थापना गरिएको छ । शैक्षिक क्षेत्रमा सक्रिय बालारानी माध्यमिक विद्यालयका शिक्षक सामाजिक अभियानकर्मी कृष्णगोपाल गुरुङको गत वर्ष विद्यालय र खेलमैदान निर्माणको सिलसिलामा लुङ्खु देउरालीबाट घर बालाकोट जाँदै गर्दा जीप दुर्घटनामा परी मृत्यु भएको पहिलो स्मृति दिवसका अवसरमा सोमबार उक्त अक्षयकोष स्थापना गरिएको हो । 

स्व गुरुङका घरपरिवारको संयोजनमा कृष्णगोपाल गुरुङ स्मृति अक्षयकोष सार्वजनिक गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङ परिवारको तर्फबाट रु दुई लाख पाँच हजार र स्थानीय शुभेच्छुक व्यक्तिहरुबाट रु ८६ हजार ७७५, महाशीला गाउँपालिकाको तर्फबाट रु एक लाख गरी कूल रु तीन लाख ९१ हजार ७७५ रकम बराबरको अक्षयकोष निर्माण गरिएको उच्चैले बताउनुभयो । सो कोषबाट गाउँपालिकाका विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । 

अक्षयकोष व्यवस्थापनका लागि गुरुङका दाजु श्यामबहादुर गुरुङ संयोजक रहेको नौ सदस्यीय समिति गठन गरिएको छ । स्व गुरुङकी श्रीमती आशा गुरुङ कोषको संरक्षक रहनुभएको छ । स्व गुरुङ समग्र गाउँपालिकाको शिक्षा र सामाजिक क्षेत्रको विकासका लागि निरन्तर सक्रिय रहँदै आउनुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता