११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौँमा उडान भर्ने

९ असार २०७७, मंगलवार ०५:३५

जीवन खत्री । असार ९, सउल । दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौँमा उडान भर्ने भएको छ । इन्छन–काठमाडौँ–इन्छन दुइतर्फी चार्टर्ड उडान गर्ने भनिएको जिनएयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको छ ।

जिनएयरको चार्टर्ड उडानका लागि सउलस्थित नेपाली राजदूतावासमार्फत उडान स्वीकृति प्रक्रिया नेपालको परराष्ट्र मन्त्रालयमा पुगिसकेको बताइएको छ । उडानको व्यवस्थापन एनआरएनए कोरिया र नेपाली राजदूतावासको समन्वयमा कोरियामा रहेका दुई ट्राभल एजेन्सी नेपाल टूर कम्पनी र लिङ्क एशिया टुर्सले गर्ने भएका छन् ।

जिनएयरको यो चार्टर्ड उडान यात्रुका लागि सहुलियतपूर्ण हुने देखिएको छ । यसअघि दुईपटक चार्टर्ड उडानमार्फत कोरिया–काठमाडौँ–कोरिया गरेको कोरियन एयरमा एकतर्फी भाडावापत नेपालबाट कोरिया जाने यात्रुले एक हजार २५० अमेरिकी डलर तिरेका थिए तर जिनएयरमा ७५० अमेरिकी डलर मात्र लाग्ने बताइएको छ भने कोरियाबाट नेपाल फर्किने यात्रुले ७०० अमेरिकी डलर मात्र तिरे पुग्नेछ । 

जिनएयरको पहिलो उडान ३० जुनमा कोरियाली समयानुसार दिउँसोको १.३० बजे इन्छनबाट हुनेछ र नेपाली समयानुसार ४ः५५ मा काठमाडौँ अवतरण गर्नेछ । साथै नेपालबाट यात्रु बोकेर सोही दिन साँझ ६ः५५ मा उक्त जहाज कोरिया उड्नेछ । जिनएयरको दोस्रो उडान ५ जुलाइमा हुने गरी तयारी गरिएको समेत बताइएको छ । 

कोरोना महामारीका कारण हवाई उडान बन्द हुँदा गत तीन महिनामा प्रवेशाज्ञा अवधि सकिएका चार हजार ५०० युवा दक्षिण कोरियामा रोकिएका छन् भने लकडाउनअघि कोरियाबाट छुट्टी लिएर नेपाल गएका एक हजार ५०० बढी यात्रु पनि नेपालमै अड्किएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी